मोदी सरकारलाई चुनौती दिदै भारतीय राष्ट्रपतिले नेपालको संविधानबारे दिए यस्तो अभिव्यक्ति

काठमाडौँ। भारतका राष्ट्रपति प्रणव मुखर्जीले नेपालको संविधान त्यहाँको आन्तरिक दस्ताबेज भएकोले यसमा भारतले असन्तुष्टि जनाउनुपर्ने कुनै कारण नभएको बताएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको सरकारले दिँदै आएको अभिव्यक्ति भन्दा फरक अर्थलाग्ने गरी राष्ट्रपति मुखर्जीले नेपालप्रति भारतीय जनता र नेतृत्वको सद्भाव कायम रहेको बताएका छन् ।
प्रधानमन्त्री केपी ओसीसँग राष्ट्रपति मुखर्जीको भेटघाटका क्रममा मुखर्जीलाई उदधृत गर्दै प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने,‘नेपालको संविधान नेपालकै आन्तरिक दस्तावेज हो । भारतले असन्तुष्टि र असहमति राख्नुपर्ने कुनै कारण नै छैन । ’आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News