प्रमोद खरेलको स्वर रहेकोसंगीतकार अधिकारीको ‘बनेको छु म कसिंगर’ बोलको म्युजीक भिडियो सार्वजनिक
बर्दिया, ९ जेठ
गायक तथा संगितकार कमल अधिकारीको संगीत रहेको ‘बनेको छु म कसिंगर तिम्रो आँखाको’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । अधिकारीको भिडियो बबई म्युजिक प्रिजेन्ट्सले बजारमा ल्याएको हो । बिष्णु रजनीको शब्द र गायक प्रमोद खरेलको स्वर रहेको उक्त भिडियो बर्दियाका जिल्ला शिक्षा अधिकारी जीतबहादुर शाहले एक समारोहका बिच लोकार्पण गरी सार्वजनिक गरेका हुन
भिडियो लोकार्पण गर्दै शाहले संगीतकार अधिकारीको निरन्तरको मेहेनत, प्रयास र लगनशीलताले सांगितिक यात्रा फराकिलो बनाउनमा सहयोग पुगेको बताए । उनले गीत–संगीतको क्षेत्रमा क्रियाशील रहेर काम गर्न सक्नु महत्वपूर्ण कुरा भएको बताउदै गीत र शब्दको माधुर्यतालाई जिवन्त तुल्याउन संगीतको महत्वपूर्ण भूमिका रहने बताए ।
कार्यक्रममा लेखक मणि शर्माले संगीतकार अधिकारीले बर्दिया जिल्लाका स्थानीय स्तरमा रहेका विभिन्न प्रतिभाहरुलाई पनि प्राथकिता दिएर काम गर्न सकेकोमा धन्यबाद समेत ज्ञापन गरेका थिए । गजलकार मधु शाश्रुले बर्दियाको गुलरियामा बसेर पनि गीत–संगीतबाट राष्ट्रिय स्तरमै आफ्नो पहिचान स्थापित गर्न सक्नु ठूलो कुरा भएको बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका सचिव यादव आचार्यले म्यूजिक भिडियोले बर्दिया जिल्लाको साँगितिक क्षेत्रमा नयाँ आयाम थपेको बताए ।
सूर्योदय साँस्कृतिक प्रतिष्ठान र कृष्णसार पाठक मञ्च गुलरियाको आयोजना गुलरियामा भएको उक्त कार्यक्रममा विभिन्न बक्ताहरुले म्यूजिक भिडियोको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा संगीतकार अधिकारीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको थियो ।
यसअघि संगीतकार अधिकारीका गितहरु गायक प्रमोद खरेल, रामकृष्ण ढकाल, शिव परियार, अञ्जु पन्त, आनन्द कार्की लगायत कलाकारहरुको स्वरमा रहेका म्यूजिक भिडियो तथा एल्बमहरु सार्वजकि भइसकेका छन्
यसअघि अधिकारीको कदम एल्वम चर्चामा पुग्न सफल भएको थियो । सानैदेखि सांगीतिक क्षेत्रमा रुचि राख्ने संगितकार अधिकारीले ‘जिउछु मर्छु तिमै्र लागि’, थारु भाषाको चलचित्र ‘तिरिया के करम’ लगायतका झण्डै एक सय बढी फुटकर गीतहरुमा संगित दिईसकेका छन ।
संगीत संगै पत्रकारिता क्षेत्रमा पनि कृयाशिल अधिकारी बर्दियामा रहेको सामुदायिक रेडियो बबई एफएमका स्टेशन म्यानेजर समेत हुन । see video.......//www.youtube.com/watch?v=2iGgsCJ7hmM
0 comments
Write Down Your Responses