धर्म परिबर्तन बिरुद्द युवाको घरदैलो कार्यक्रम
जेठ ८
हिन्दु जागरण युवा संघ बर्दियाको आयोजनामा सनिबार एक दिने “धर्म परिबर्तन बन्द गरौ” भन्ने मूल नाराका साथ संचालन गरिएको घर दैलो कार्यक्रम धधवार गा बि स मा सम्पन्न भएको छ ।
हिन्दु जागरण युवा संघ बर्दियाको आयोजनामा सनिबार एक दिने “धर्म परिबर्तन बन्द गरौ” भन्ने मूल नाराका साथ संचालन गरिएको घर दैलो कार्यक्रम धधवार गा बि स मा सम्पन्न भएको छ ।

घर दैलो कार्यक्रम बर्तमान अवस्थामा भइरहेको धर्म परिबर्तन बिरुद्द उठौ , धर्म परिबर्तन बन्द गरौ भन्ने उद्देस्यका साथ संचालन गरियको हिन्दु जागरण युवा संघ बर्दियाका जिल्ला संयोजक अजय भुसालले जानकारी गराउनु भयो । उहाले कार्यक्रममा बोल्दै बर्तमान परिस्थितिमा लोभलालचमा परि धर्म परिबर्तन गर्ने प्रचलन बढेकोले सो कार्य रोक्न सबैको कर्तब्य हुन् आउने बताउनु भयो । कार्यक्रममा हिन्दु धर्म सम्बन्धि ज्ञान,धर्म परिबर्तन बिरुद्द नाराजुलुस लगाइ धर्म परिबर्तनले समाजमा पारेको असर बारे चर्चा परिचर्चा गरिएको थियो । यस्ता धर्म सम्बन्धि जनचेतना मुलक कार्यक्रमहरु अझ गर्दै जाने र जनचेतना जगाउन निरन्तर लागि पर्ने हिन्दु जागरण युवा संघ बर्दिया सचिब राजेस कुमार बडुवालले बताउनु भयो । कार्यक्रम स्थानीयबासि,राजनीतिक दल ,समाजसेवी लगाएत युवाहरुको समेत उपस्थिति रहेको थियो ।
0 comments
Write Down Your Responses