आमा र छोरी साँगितिक क्षेत्रमा चम्किँदै,, गितकार साबित्री गिरीले छोरी ज्योतिलाई पनि सांगितिक क्षेत्रमा भित्र्याइन

 काठमाडौं, २०६२ सालमा पहिलो एल्बम "अल्झियो नजर" बोलको गीतबाट साँगितिक क्षेत्रमा पाईला टेकेकी कुशल सर्जक तथा गायिका सावित्रि गिरी सांगितिक क्षेत्रको लागि एउटा उदाहरणीय नाम हो । तनहूँको थप्रेक गाविमा बुवा नारायण गिरि र आमा बिस्नु माया गिरिको कोखबाट जन्मिएकी सावित्रि गिरीका डेढ दर्जन जति गित बजारमा आइसकेका छन् । लेखनाथ नगरपालिका १३ स्थायि घर भएकी सर्जक तथा गायिका सावित्री गिरी वाल्यवस्था देखी नै संगित क्षेत्रमा रुचि राख्थिन् । बिद्यालय तथा कलेजमा हुने सांगितिक कार्यक्रममा सहभागी हुँदै आएकी उनी पछिल्लो समय आफ्नै गित रचना तथा गायनमा व्यस्त छिन् । सन् २००१ देखि प्रबासमा कार्यरत उनले ३ बर्ष हङकङ , ४ बर्ष  कतार , ३ बर्ष युएईमा प्रवासी जिवन विताईन ।


गीत संगीत क्षेत्रमा एक दशक पार गर्दा १६ वटा गीत रेकर्ड गरेकी गिरीका सम्पूर्ण गीतमा आफनै शब्द/संगीत  रहेका छन् भने अनुकुल मिल्दा आफैले पनि गाएकी छन् । दर्जनौ गीत बजारमा आए पनि आफुलाइ गायिका भनेर चिनाएको गीत २०६९ सालको सेती बाढीको घटनाको को गीत भएको र आफू प्रबासमा कार्यरत भएकोले मिडियामा उपस्थिति जनाउन नसकेको गुनासो पनि गर्छिन उनले । गीत चलेपनी आफू दर्सक माझ आउन नसक्नुको पछाडि कार्य ब्यस्तता भएको उनले बताउछिन । सुरुमा आफनै भाइ महेन्द्र गिरि र बष्रिष्ठ लोक गायक बमबहादुर कार्की अनि शिवा आलेको बिशेष प्रेरणाले गीत रेकर्ड गरेकी उनले अहिले भने आफ्नै म्युजिक कम्पनी भएको र छोरी ज्योतिलाई भित्र्याउन सफल भएकोले अब बिस्तारै आफ्नो डायरीमा सिमित गीत बजारमा ल्याउने कुरामा बिस्वस्त छिन्। अहिले लामो नेपाल बसाईको समयमा ४/५ गीत बजारमा ल्याउने तयारीमा छन् ।
उनले २०६२ सालमा आफ्नो पहिलो एल्बम सार्वजनिक गरेकी हुन् । बैदेशीक रोजगारीमा करिब दशक विताएकी उनी बिदामा नेपाल आएका बेला गित निकालेर सार्वजनिक गर्ने गरेको वताउछिन । प्रबासमा हुदा विभिन्न समाजिक संघसंगठनले आयोजना  गर्ने कार्यक्रममा सहभागि कलाकारका रूपमा आफुलाइ सम्मान गरिएको बताउछिन । पछिललो समय गायन तथा रचनामा व्यस्त उनी सबैको हौसललाले चर्चाको शिखरमा पुग्न सफल भएको वताउछिन् ।



 सावित्रिले भनिन् –‘२०६९ बैशाख २३ गते चर्को घाम लागेको प्रचण्ड खडेरीमा अचानक सेती नदिमा बाढी आएर ठुलो धनजनको क्षति भएको  घटनालाई लिएर गाएको गीतले आफुलाइ सावित्री गिरि भनेर चिनाएको थियो ।’ पहिले पहिले लोक तथा दोहोरी सिगतमा रुची राख्ने उनी पछिल्लो समय आधुनिक तिर पनि हालेकी हुन् । यस्तै  सर्जक तथा गायिका सावित्रि गिरीले सांगितिक क्षेत्रमा आफ्नी छोरी ज्योति गिरीलाई पनि भित्राएकी छिन् । सावित्रि गिरीको शब्द तथा उनकी छोरी ज्योति गिरीको स्वरमा ‘घामले पोल्यो …’ नामक आधुनिक गित अहिले बजारमा आइसकेको छ । उनकी छोरी ज्योतिले नै अभिनय गरेको उक्त गित अहिले बजारमा सर्वत्र चर्चा कमाएको छ । छोरीको अभिनयमा निर्माण गरिएको उक्त म्युजिक भिडियो उनकै गृहनगर लेखनाथमा छायाँकन गरिएको हो । आफ्नो लामो संघर्षलाई  छोरी ज्योती गिरिको साथ पाएकी उनले आफ्ना डायरी भरी सिमित गीत बिस्तारै दर्शक सामु ल्याउने वताएकी छिन् । उनले भनिन् ‘मलाई जस्तै छोरी ज्योतिलाई  पनि दर्शकहरुले साथ दिनुहुन्छ भन्ने विस्वास लिएको छु ।’ भर्खरै रिलिज भएको ज्योतिको गित हजारौं दर्शकहरुले रामे रेस्पोन्स गरेका छन् ।

‘घामले पोल्यो …’गीतकी मोडल ज्योति गिरीले यस म्युजिक भिडियोमा आफूले राम्रो अभिनय गर्ने प्रयास गरेको बताईन । आफ्नो आमाको गीतमा अभिनय गर्न पाउनु एउटा सौभाग्य भएको बताउने ज्योतिले आफ्नो यो सानो प्रयासलाई छोटो समयमा सबैतिरबाट राम्रो प्रतिकृया आईरहेको उनले बताईन् ।




, , , , , , , , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News