गाउमा माघी पर्व मनाउनुको मजा बेग्लै हुन्छ : गायक कमल बि.सी. माल्दाई

काठमाडौं, लोकदोहोरी युवा गायक कमल बि.सी. माल्दाईले गाउघरमा माघी पर्व बनाउदा छुट्टै आनन्द हुने बताएका छन् । संस्कृतिले धनी तराई क्षेत्रको बर्दिया जिल्लाका स्थानीय बासिन्दा समेत रहेका गायक कमल बि.सी. माल्दाईले माघी पर्वको आफ्नै खालको महत्व भएको बताएका छन् ।

 माघी पर्वमा गाउघरहरुमा हुने माघी मेलाहरुमा साथीहरु संग निकै रमाईलो गर्ने गरेको उनले सम्झिए । जाडो मौसममा विभिन्न परिकारहरु उसिनेर खाँदाको छुट्टै आनन्द हुने समेत उनले बताए । विशेषगरी तराई क्षेत्रमा चौधरी समुदायका मानिसहरुको विशेष पर्वका रुपमा लिईने यस पर्वमा चौधरी समुदायले नया बर्षको रुपमा पनि माघी पव मनाउने गर्छन् ।

, , , , , , , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News