चर्चा बटुल्दै प्रबाशी नेपालीहरुले बनाएको म्युजिक भिडियो

काठमाडौं, बैशाख १५
बजारमा आएको छोटो समयमा प्रमोद खरेलको स्वरमा रहेको “मायाले जहर खनायो” बोलको आधुनिक गीतले राम्रो चर्चा पाईरहेको छ । बर्दियाली गु्रप माल्दिभ्सको पहिलो प्रस्तुतिको रुपमा बागेश्वरी म्युजिकबाट बजारमा आएको उक्त आधुनिक गीतको म्युजिक भिडियोले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ । माल्दिभ्सका विभिन्न रमणीय ठाउँहरुमा छायाँकन गरिएको उक्त गीतको म्युजिक भिडियोको निर्माण पक्ष निकै उत्कृष्ट रहेको दर्शक स्रोताहरुको भनाई छ । बैदेशिक रोजगारीको शिलशिलामा माल्दिभ्समा पुगेका नेपालीहरुले उक्त म्युजिक भिडियो निर्माण गरेका हुन् । मध्यपश्चिमका बाँके, बर्दिया लगाएतका जिल्लामा स्थायी घर भएका उनीहरु हाल माल्दिभ्समा रहेर भएपनि आफ्नो रोजगारी संगसंगै कलाकारिता क्षेत्रलाई पनि अगाडी बढाईरहेका छन् । छोटो समयमा युट्युवमा धेरैले रुचाएको यस म्युजिक भिडियोको निर्माण पक्ष निकै सबल रहेको दर्शकहरुको प्रतिकृया छ । उक्त म्युजिक भिडियोका निर्देशक प्रशान्त थापाले कलाकारहरुको कडा मेहनत र विदेशी ठाउँको दृष्य समेटिएकाले गीतको म्युजिक भिडियो धेरैले रुचाएको बताउनुभयो । प्रवासमा पनि निकै प्रतिभाशाली कलाकारहरु रहेको भन्दै उहाँले यस गीतमा अभिनय गर्ने कलाकारहरुको अभिनयको खुलेरै प्रशंसा गर्नुभयो ।

उक्त म्यूजिक भिडियोमा ईन्द्र सापकोटा, केशब चालिसे, सरिना तामाङ र लिला मगरले अभिनय गरेका छन् । म्यूजिक भिडियोका मोडल ईन्द्र सापकोटाले प्रबासमा म्यूजिक भिडियो निर्माण गर्न निकै गारो कुरा भएको बताउँदै आफूहरुको सानो प्रयासलाई नेपाली स्रोता दर्शकले छोटो समयमा रुचाएको र सबैतिरबाट राम्रो प्रतिकृया आएको बताउनुभयो । म्युजिक भिडियाका अर्का मोडल केशव चालिसेले नेपाली गीतसंगीतमा यस गीतमा जस्तो रमणीय दृष्य अन्य गीतहरुमा कमै मात्र प्रयोग हुने भएकाले यस गीतको विभिन्न पक्षलाई नेपाली स्रोता दर्शकले फरक स्वाद पाएकाले रुचाएको बताउनुभयो । एकचोटी म्युजिक भिडियो हेर्न सबैलाई उहाँले आग्रह समेत गर्नुभयो । यस्तै गीतका सर्जक खेम सारु मगरले गीतको शब्दलाई न्याय गर्ने गगरी भावअनुसार वियोगान्त किसिमको म्युजिक भिडियो बनेकाले अन्य गीतहरुको तुुलनामा यो म्यूजिक भिडियो फरक भएको बताउनुभयो । माल्दिभ्सबाट गीतको बजारमा ब्यवस्थापन गरिरहेका लोक बहादुर सलामीले प्रबाशको ठाउँमा ठूलो धनराशी खर्चेर तयार पारिएको यस म्यूजिक भिडियोलाई आफूले स्वदेश तथा विदेशमा पुर्याउने बताउनुभयो । बागेश्वरी म्युजिकका प्रबन्ध निर्देशक गायक कमल बि.सी. माल्दाईले उक्त गीतको प्रचारप्रसारका लागि म्यूजिक कम्पनीको तर्फबाट कुनै किसिमको कन्जुस्याईं नगर्ने बताउनुभयो । गीतमा हेमराज डाँगी र केशर चौधरीको बिशेष सहयोग रहेको छ ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News