यती सिमेन्ट नेपालगन्ज गोल्ड कप फूटबल १६ देखी शुरु
बाँके
प्रधानमन्त्री कप महिला भलिबलको सफलता लगत्तै
३५ बर्ष पछी बैशाख १६ देखी शुरु हुन लागेको यती सिमेन्ट नेपालगन्ज गोल्ड
कप फूटबल प्रतियोगिताको तयारी बारे नेपालगन्ज रङशाला निरिक्षण गरियको
छ । यति सिमेन्ट नेपालगन्ज गोल्ड कप फुटवल प्रतियोगिता तयारी पुरा भयको छ ।
बैशाख १६ देखि २३ गतेसम्म नेपालगन्जस्थित महेन्द्र रंगशालामा चल्ने
प्रतियोगिताको तयारी तिव्र पारिएको आयोजक बाँके जिल्ला फुटवल संघले जनाएको छ
। नेपालगन्जमा मंगलवार आयोजना गरिएको पत्रकार सम्मेलनमा संघका अध्यक्ष
भोजराज शाहीले प्रतियोगितालाई महोत्सवका रुपमा लिइएको वताउनुभयो । नकाउटका
आधारमा खेलाइने प्रतियोगितामा नेपाल आर्मी, थ्रि स्टार क्लव, एपिएफ,
रुपन्देही ११, र भारतको साहारा क्लवगरि ८ टिमको सहभागितामा प्रतिस्पर्धा
हुने छ ।
प्रतियोगितामा
विजेतालाई १ लाख ५० हजार र उपविजेतालाई १ लाख रुपैयाँ पुरस्कार प्रदान
गरिने छ । त्यसैगरि प्रतियोगितामा सात वटा विद्यामा उत्कृष्ट हुनेलाई जनही
१५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्न
कम्तिमा ३५ लाख खर्चको अनुमान आयोजकले गरेको छ । त्यसका लागि यती सिमेन्ट ६
लाख प्रदान गरेको छ भने युवा खेलकुद मन्त्रालयले १ लाख रुपैयाँ छुट्टाएको छ
। राखेपका कोषाध्यक्ष सुरेन्द्र हमाल र एनफाका सदस्य विनोद मैनालीले
प्रतियोगितालाई सफल पार्नका लागि सबैको हातेमालो जरुरी रहेको बताउनुभयो ।
0 comments
Write Down Your Responses