माल्दिभ्समा प्रबाशी नेपालीहरुले बनाए अर्को निकै उत्कृष्ट म्यूजिक भिडियो...(भिडियो हेर्नुहोस)

काठमाडौं, मंसिर ६ गते ।।
बैदेशिक रोजगारीको शिलशिलामा प्रबाशमा रहेका नेपालीहरुले निकै उत्कष्ट म्युजिक भिडयो निर्माण गरेका छन् । मध्यपश्चिमका बाँके, बर्दिया लगाएतका जिल्लामा स्थायी घर भएका उनीहरु हाल माल्दिभ्समा रहेर भएपनि आफ्नो रोजगारी संगसंगै कलाकारिता क्षेत्रलाई पनि अगाडी बढाईरहेका छन् । बर्दियाली गु्रप माल्दिभ्सको दोस्रो प्रस्तुतिको रुपमा बागेश्वरी म्युजिकबाट भर्खरै मात्र बजारमा आएको राजेश पायल राईको स्वरमा रहेको “सानु तिमीलाई” बोलको मोर्डन पप आधुनिक गीतको म्युजिक भिडियो उनीहरुले नै माल्दिभ्सका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरेका हुन् ।
    छोटो समयमा युट्युवमा धेरैले रुचाएको यस म्युजिक भिडियोको निर्माण पक्ष निकै सबल रहेको स्रोता दर्शकहरुको प्रतिकृया रहेको छ । उक्त म्युजिक भिडियोका निर्देशक प्रशान्त थापाले आफुले गीतको भावअनुसारको निर्देशन गरेको बताउनुभयो । प्रवासमा पनि निकै प्रतिभाशाली कलाकारहरु रहेको भन्दै उहाँले यस गीतमा अभिनय गर्ने कलाकारहरुको अभिनयको खुलेरै प्रशंसा गर्नुभयो । यस गीतका रचनाकार लोक बहादुर सलामीले गीतको शब्दलाई न्याय गर्ने गरी गीतको कथा अनुसारको म्युजिक भिडियो निर्माण भएकाले अन्य गीतहरुको तुुलनामा यो म्यूजिक भिडियो निकै नै फरक भएको बताउनुभयो । सलामीले प्रबाशको ठाउँमा ठूलो धनराशी खर्चेर तयार पारिएको यस म्यूजिक भिडियोलाई दर्शक स्रोताहरुले रुचाउने बताउनुभयो । भिडियोका छायाकार चर्चित संगितकार राजेन्द्र बजगाईले यस म्यूजिक भिडियोको प्राबिधिक पक्ष निकै नै बलियो भएको बताउनुभयो । उहाँले आफूले भिडियोको छायाँकनमा निकै नै मेहनत गरेको बताउनुभयो ।
उक्त म्यूजिक भिडियोमा ईन्द्र सापकोटा र अश्मी बि.सी.ले अभिनय गरेका छन् । म्यूजिक भिडियाका मोडल ईन्द्र सापकोटाले प्रबासमा म्यूजिक भिडियो निर्माण गर्न निकै गारो कुरा भएको बताउँदै आफूहरुको सानो प्रयासलाई नेपाली स्रोता दर्शकले रुचाउनेमा समेत बिश्वास ब्यक्त गर्नुभयो । आफुले अभिनय गरेको पहिलो गित “मायाले जहर खनायो” धेरैले रुचाएकोमा धन्यवाद पनि दिनुभयो । मोडल अश्मी बि.सी.ले नेपाली गीतसंगीतमा यस गीतमा जस्तो रमणीय दृष्य अन्य गीतहरुमा कमै मात्र प्रयोग हुने भएकाले एकचोटी म्युजिक भिडियो हेर्न सबैलाई आग्रह गर्नुभयो । यस म्यूजिक भिडियोको सम्पादन अहिलेका चर्चित सम्पादक निशान घिमिरेले गरेका हुन । यो एल्बम लोकबहादुर सलामीको पहिलो डेब्यु एल्बमको रुपमा बजारमा आएको हो ।
बागेश्वरी म्युजिकका प्रबन्ध निर्देशक लोकदोहोरी गायक कमल बि.सी. माल्दाईले उक्त गीतको प्रचारप्रसारका लागि म्यूजिक कम्पनीको तर्फबाट कुनै किसिमको कन्जुस्याईं नगर्ने बताउनुभयो । गीतमा केशर चौधरी जीवन बिष्ट, पिंकी बिष्ट, हेम गुरुङ, दिल बहादुर थापा, देबी पौडेल, तिलक चापागाईको बिशेष सहयोग रहेको छ ।  भिडियोमा दिलु राई, सुनिता राई, हेमा मगर, लक्ष्मी तामाङ, बिशाल आर.डि, सन्तोष थापा र ईश्वर परयारले कोरश नृत्य गरेका छन् । यस गीतको पिआरबिटी ६०४६०८६० रहेको छ ।

, , , ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News