बागेश्वरी म्युजिकको सफलता दिनप्रति दिन चुलिँदै
काठमाडौं, मंसिर ६ गते ।।
म्युजिक कम्पनीहरुको भिडमा स्थापना भएको छोटो समयमा बागेश्वरी म्युजिकले राम्रो सफलता हासिल गरेको छ । डिजिटल बजारलाई आत्मसाथ गरेकाले छोटो समयमा यस म्युजिक कम्पनीले सफलता हासिल गरको हो ।
स्वदेश तथा विदेशमा पनि दुई दर्जन बढी मार्केटिङ्ग मेम्बरहरु रहेको यस म्युजिक कम्पनीको आफ्नै युटुब च्यानल रहेको छ । नयाँ तथा पुराना कलाकारहरुको चाहानाअनुसारको अडियो गितको निर्माण र भिडियो निर्माणमा कम्पनीले सहयोग गर्ने भएकाले पनि छोटो समयमा यस म्युजिक कम्पनी नयाँ तथा पुराना कलाकारहरुको रोजाईमा परेको हो । चर्चित गायक तथा संगितकार भद्र वलीले छोटो समयमा बागेश्वरी म्युजिकको लोकप्रियता र सफलताको खुलेरै प्रशंसा गर्नुभयो । गित संगितको बजारलाई नियाल्दै समय अनुसार परिवर्तन हुँदै जानुले पनि म्युजिक कम्पनीहरु कलाकारहरुको रोजाईमा पर्ने उहाँले बताउनुभयो ।
बागेश्वरी म्युजिकका प्रबन्ध निर्देशक लोकदोहोरी गायक कमल बि.सी. माल्दाईले छोटो समयमा बागेश्वरी म्युजिकले पाएको सफलता आम स्रोता, दर्शक र कलाकारहरुको माया भएको बताउनुभयो । आधुनिक प्रबिधिको युगमा डिजिटल बजारलाई आत्मसाथ गर्न सके मात्र म्युजिक कम्पनीहरु संचालनमा सहज हुने उहाँले बताउनुभयो । यस्तै बागेश्वरी म्युजिकका मार्केटिङ्ग म्यानेजर तथा मोडल शिशिर गिरीले कम्पनीको सफलता चुलिँदै जानुमा मार्केटिङ्ग मेम्बरहरुको ठूलो योगदान रहेको बताउनुभयो । बागेश्वरी म्युजिकलाई सबैको साथ, सहयोग र माया सधैभरी हुने उहाँले विश्वास ब्यक्त गर्नुभयो ।
बागेश्वरी म्युजिकको प्रधान कार्यालय काठमाडौंको अनामनगरस्थित म्युजिक नेपाल नजिक रहेको छ । यस कम्पनीको शाखा कार्यालयहरु नेपालगंज, बर्दिया, कोहलपुर, सुर्खेत लगाएतका ठाउँहरुमा पनि बिस्तार भैसकेको छ ।
0 comments
Write Down Your Responses