बिधुत प्राधिकरण बाँसगढी यूनिट कार्यालय स्थानीय बासी द्द्वारा घेराउ

बर्दिया ,जेठ २  । 
बर्दिया को बाँसगढ़ीमा स्थानीय बासीले आइतबार  बिधुत प्राधिकरण बाँसगढी यूनिट  कार्यालय घेराउगरी तालाबन्दी गरेका छन । लोड सेडिङ्गको बिरोधमा उनिहरुले यूनिट कार्यलय घेराउ गरेका हुन ।
अतिरीक्त समय भन्दा पनि बढी र भोल्टेजको अत्यन्त समस्या भएको भन्दै स्थानीय बासीले यूनिट कार्यलय घेराउ गरेको बताए । “ लोड सेडिंग पनी समय भन्दा बढी काट्न थाले” हामीले पहिले देखि नै भन्दै आयका थियौ तर मानेनन आज आयर घेराबन्दी नै गर्नु " पर्यो स्थानीबासी बिकास बस्याल ले बताउनु भयो । “कर्मचारी को ब्यबहार पनि उचित खालको छैन “  “आज घेराबन्दी गर्ने क्रममा कर्मचारी को हाजिरी रजिस्टर हेरेउ, अनुपस्थित कर्मचारीको हाजिरी पहिले नै भईसकेको रैछ हामी त सबै छक्कै पर्यौ “अर्का स्थानीय बासी पूर्ण रिजाल ले बताउनु भयो ।

 घेराउ पछि बिधुत प्राधिकरण बाँसगढी यूनिट कार्यालयका प्रमुख धनसिंग थारु ले मैनापोखर को सिमरा भन्ने ठाउमा रहेको पावर स्टेसन मा रहेको ट्रांसफार्म ले काम नगरेको भन्दै त्यस्तो समस्या उत्पन्न भईरहेको बताउनु भयो । उहाले बिधुत प्राधिकरण कार्यलय बर्दिया गुलरियाका प्रमुख कुशेश्वर शाहुले एक महिना भित्रमा ट्रांसफार्म आउने जानकारी दिएको बताउनु भयो ।

स्थानीय बासी ले एक घंटा भित्र माँ जिल्ला बाट बिधुत प्राधिकरण का हाकिम उपस्थित भएर आबस्यक पहल नथालेसम्म स्थानीय बासीले आन्दोलन को स्वरूप परिबर्तन गरी पूर्ब पश्चिम महेन्द्र राजमार्ग अबरुद्द गराउने चेतावनी समेत दियका छन ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News