कमल खत्रीको आवाजमा निकै उत्कृष्ट म्युजिक भिडियो सार्वजनिक...(भिडियो हेर्नुहोस)
काठमाडौं, युवा पुस्ताका ढुकढुकी चर्चित युवा गायक कमल खत्रीको आवाजमा निकै उत्कृष्ट गीत “पुर्णीमाको रातमा” सार्वजनिक भएको छ । यस गीतमा गायक खत्रीलाई गायिका पारु शाहीले स्वरमा साथ दिएकी छिन् । बागेश्वरी म्युजिकबाट भर्खरै मात्र बजारमा आएको उक्त मोर्डन पप गीतको म्युजिक भिडियो डोल्पा, रोल्पाका विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको हो । छोटो समयमा युट्युवमा धेरैले रुचाएको यस म्युजिक भिडियोको निर्माण पक्ष निकै सबल रहेको स्रोता दर्शकहरुको प्रतिकृया रहेको छ ।
यस गीतका संगितकार राजेन्द्र बजगाईले यस म्यूजिक भिडियोको प्राबिधिक पक्ष निकै नै बलियो भएको बताउनुभयो । यस गीतको म्युजिक भिडियो निकै नै उत्कृष्ट बनेकाले स्रोता दर्शकहरुले रुचाउनेमा आफु विश्वस्त भएको उहाँले बताउनुभयो । सबैतिर बाट गीतको बारेमा राम्रो प्रतिकृया आईरहेको छ, अहिले चर्चित संगीतकार समेत रहेको बजगाईंले भन्नुभयो ।
यस गीतका रचनाकार टेकेन्द्र बस्यालले गीतको शब्दलाई न्याय गर्ने गरी गीतको कथा अनुसारको म्युजिक भिडियो निर्माण भएकाले अन्य गीतहरुको तुुलनामा यो म्यूजिक भिडियो निकै नै फरक भएको बताउनुभयो । पत्रकार समेत रहेका बस्यालले ठूलो धनराशी खर्चेर तयार पारिएको यस म्यूजिक भिडियोलाई दर्शक स्रोताहरुले रुचाउनेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
यस गीतकी गायिका पारु शाहीले एकचोटी यो गीत सुन्न र म्युजिक भिडियो हेर्न सबैलाई आग्रह गर्नुभयो । यस म्युजिक भिडियोका निर्देशक मिलन मगरले आफुले गीतको भावअनुसारको निर्देशन गरेको बताउनुभयो । नयाँ भएर पनि निकै उत्कृष्ट अभिनय गरेको भन्दै उहाँले यस गीतमा अभिनय गर्ने कलाकारहरुका खुलेरै प्रशंसा गर्नुभयो ।
उक्त म्यूजिक भिडियोमा राम क्षेत्री र आशा चौधरीले अभिनय गरेका छन् । मोडल राम क्षेत्रीले डोल्पा, रोल्पा जस्तो ठाउँमा गएर म्यूजिक भिडियो निर्माण गर्नु निकै गारो कुरा भएको बताउँदै आफूहरुको सानो प्रयासलाई नेपाली स्रोता दर्शकले रुचाउनेमा समेत बिश्वास ब्यक्त गर्नुभयो । मोडल आशा चौधरीले नेपाली गीतसंगीतमा यस गीतमा जस्तो रमणीय दृष्य अन्य गीतहरुमा कमै मात्र प्रयोग गरिएको हुनाले एकचोटी सबैलाई म्युजिक भिडियो हेर्न आग्रह समेत गर्नुभयो ।
0 comments
Write Down Your Responses