केपी ओली इतिहासकै जोकर प्रधानमन्त्री : भट्टराई

८ जेठ, काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली ईतहासकै जोकर एको बताएका छन् । नयाँ शक्ति नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केपी ओली इतिहासकै जोकर प्रधानमन्त्री भएको बताएका हुन् ।


प्रधानमन्त्री जस्तो पदलाई ओलीले ख्यालख्याल सम्झेको बताउँदै उनले ओलीजस्तो जोकर प्रधानमन्त्री नेपालको अरु कोही नभएको बताए । ‘देश महंगी र कालोबाजारीले व्याप्त छ, भुकम्पपीडित टहरामै छन्’ उनले भने, ‘ओलीलाई हावा योजना सुनाउँदैमा फुर्सद छैन ।’

के बोल्ने के गर्ने भन्ने कुरा समेत थाहा नभएको भन्दै उनले ओली नसुध्रिए देश बर्बाद हुने समेत बताए । ओली प्रधानमन्त्री रहिरह्यो भने देश ठूलो दुर्घटनामा फस्ने भन्दै उनले ओलीजस्तो प्रधानमन्त्रीलाई जनताले लखेट्नुपर्ने बताए ।

‘हामीलाई ओलीजस्तो प्रधानमन्त्री चाहिएको छैन, नयाँ शक्ति नेपाल गठन भएर आएपछि ओलीको दिनगन्ती सुरु हुन्छ ।’  उनले भने । कार्यक्रममा बोल्दै उनले आउँदो जेठ ३० गते रंगशालामा हुने नयाँ शक्ति नेपालको पार्टी घोषणा कार्यक्रममा उस्थित हुन आग्रह गरे । नयाँ शक्ति नेपालले महंगी, भ्रष्टचार र कालाबजारी विरुद्धको अभियान चलाउने समेत बताए ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News