ओलीले भूकम्पपीडितलाई मंगलग्रहमा लैजाने !
८ जेठ, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न समस्याका बारेमा दिएका अभिव्यक्ति कामभन्दा पनि हचुवा टिप्पणी भएको आरोप लागिरहेका बेला मधेसी नेताहरुले ओलीबारे अर्को किस्सा थपिदिएका छन् ।
मधेसी दलले लामो समय आन्दोलन गरे पनि कुनै सुनुवाई नभएको भन्दै ओली गैरजिम्मेवार र लाचार भएको आरोप मधेसी नेताहरुले लगाएका हुन् ।
वार्ता र संवाद गरेर समाधान निकाल्ने भन्दा पनि प्रधानमन्त्री केपीओली उखान टुक्कामै रमाएको फोरम गणतान्त्रिकका नेता राजकिशोर यादवले आरोप लगाए । ‘ओली उखानटुक्का भन्न खप्पिस छन्’ यादवले ओलीकै शैलीमा व्यंग्य कस्दै भने, ‘भूकम्पपीडित गास र बास नपाएर बिचल्लीमा छन् अब ओलीले भूकम्पपीडितलाई मंगल लैजाने भाषण दिन्छन् ।’
स्रोत खबर टाइम्स
0 comments
Write Down Your Responses