बर्दियामा आठ वटा मेलमिलाप केन्द्र सम्वन्धित गाविसलाई हस्तान्त्रण
बर्दिया, ९ जेठ
समुदायको छिटो छरितो रुपमा न्यायमा सहज पहुँच तथा समुदाय स्तरमा हुने विभिन्न किसिमका विवाद स्थानीय स्तरमै समाधान गर्नका लागि विभिन्न गाविसमा संचालनमा रहेका बर्दियाका ८ वटा गाविसका मेलमिलाप केन्द्रहरु सम्वन्धित गाविसमा हस्तान्त्रण गरिएका छन ।
साझेदारी विकास परियोजनाको सहयोगमा कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) बर्दियाले पहिलो चरणमा संचालनमा रहेका जमुनी, पदनाहा, पाताभार, ताराताल, सानोश्री, डेउढाकला, महम्मदपुर र कालिका गा.बि.स. का सामुदायिक मेलमिलापकेन्द्र लाई स्थानिय निकायमा सुक्रवार हस्तान्त्रण गरेको (सेलर्ड) बदियाका जिल्ला संयोजक गोबिन्द प्रसाद लामिछानेले बताए ।
स्थानीय निकायको कार्यलाई नगरपालिका तथा गा.बि.स. स्यमले नै संचालन गर्न सक्ने वातावरण तथा व्यवस्थापकिय कार्य तथा पुर्वाधारहरु सम्पन्न भै सकेकोले सम्वन्धित निकायमा हस्तान्त्रण गरिएको संयोजक लामिछानेको भनाई छ । हस्तान्त्रण गरिएका केन्द्रलाई अक्षय कोषको रुपमा प्रत्येक गा.बि.स. लाई ५० हजारका दरले आठ ओटै गा.बि.स. मा चारलाख रुपैया प्रदान गरिएको सेलड बर्दियाले जनाएको छ ।
हस्तान्तरण कार्यक्रममा विभिन्न राजनितिकदलका प्रतिनिधिहरु, वडा नागरिक मञ्च, ईलाका प्रहरी कार्यालय, वर्डघर, बुद्धिजिवी तथा मेलमिलाकर्ताहरुले शुभकामना मन्तब्य राख्दै मेलमिलाप कार्यक्रमलाई निरन्तर रुपमा सहयोग गर्ने र स्रोत व्यवस्थापनमा समेत ध्यान दिने कुरा व्यक्त गरेका थिए ।
कार्यक्रममा नगरपालिका तथा गा.बि.स.का सचिवहरुले समुदायलाई छिटो छरितो रुपमा न्यायमा सहज पहुच अभिबृद्धिका लागि मेलमिलापको अपरिहार्य भएको र न.पा. तथा गा.बि.स.मा हस्तान्तरण पश्चात मेलमिलाप कार्यलाई निरन्तरता दिने बताएका थिए । साथै उनीहरुले आगामी आ.ब. बाट आर्थिक स्रोत व्यवस्थापन र स्रोत पहिचान गर्नका लागि सबै संग सहकार्य गरी अगाडी बढने र सेलर्ड संग प्राविधिक सहयोगहरु र मेलामिलापकर्ताको क्षमता अभिबृद्धि र कानुनी परामर्श निरन्तर रुपमा उपलब्ध गराई रहन आग्रह समेत गरेका थिए ।
0 comments
Write Down Your Responses