यौनसम्पर्कको माध्यमबाट जिका भाइरस सर्यो

यौनसम्पर्कको माध्यमबाट जिका भाइरस सरेको एउटा दुर्लभ घटना अमेरिकामा भएको छ । सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)का अनुसार त्यसरी संक्रमित भएका एक विरामी टेक्सासको डल्लासमा फेला परेका छन् । ती व्यक्ति स्वयम् प्रभावित क्षेत्र पुगेका होइनन्, तर तिनका यौनपार्टनर चाहिं भेनेजुयलाबाट फर्केका हुन् ।

लामखुट्टेले सार्ने ठानिने जिकाका कारण यतिखेर संसारमा हजारौं नवजात शिशुहरु अर्धविकसित मस्तिष्कसहित जन्मेका छन् । यो अमेरिकी महाद्धिपीय क्षेत्र हुदै फैलिरहेको छ । विश्व स्वास्थ्य संगठनले जिका संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकटकालका रुपमा घोषणा गरिसकेको छ ।

अमेरिकी रेडक्रसले जिका प्रभावित मुलुकबाट फर्केका सम्भावित रक्त दातालाई फेरि रगत दान गर्नका लागि कम्तिमा २८ दिन कुर्न आग्रह गरेको छ । मेक्सिको, क्यारेवियन र मध्य वा दक्षिण अमेरिकाबाट फर्केकाहरुलाई यस्तो अभ्यास गर्न आग्रह गरिएको हो ।

यसैबीच जिका भाइरसका २ नया केस अष्ट्रेलियामा देखापरेका छन् । दुवै सिड्नी शहर निवासीहरु हालै मात्र क्यारेवियनबाट फर्केका हुन् । आयरल्याण्डमा जिका २ व्यक्तिमा देखिएको छ । उनीहरु दुवैको जिका प्रभावित मुलुक भ्रमण गरेको पृष्ठभूमि देखियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News