के तपाई माथी ऋण को बोझ छ ? बोझ हटाउन अपनाउनुस यी उपाय

आम्दानी कम तर खर्च बढी। यस्तो बेलामा गर्जो टार्न ऋण लिनु आममान्छेको बाध्यता हो।

ऋण लिएपछि तिर्नु परिहाल्छ। अवस्था सुध्रिसकेको हुँदैन तर ऋण तिर्ने चिन्ताले अझ मानसिक तनाव थप्छ। तपाई पनि यस्तै समस्यामा हुनुहुन्छ भने यसबाट निस्किने ६ वटा उपायहरु छन्।

तपाईले ६ वटा तरिका आफ्नो जीवनमा लागू गर्नु भयो भने ऋण पनि सजिलोसँग तिर्न सक्नुहुन्छ र थप ऋणको आवश्यकता पनि पर्दैन ।

१। ऋणको विस्तृत विवरण
ऋणको वोझ कम गर्न सबैभन्दा पहिले त्यसको विस्तृत विवरण तयार पार्नुहोस्। विवरणमा तपाईं कति ऋणमा पर्नुभएको छ भन्ने हिसाब आइहाल्छ। त्यसपछि कुन ऋणको कति न्युनतम भुक्तानी गर्नुपर्छ त्यो पनि लेख्नुस्। कुन ऋणको इएमआई ९किस्ता र ब्याज० कति हो र त्यसको अवधि कतिको छ त्यो पनि लेख्नुस्। यसो गर्दा तपाईले कहिलेसम्म ती ऋणहरु तिरिसक्नुपर्छ भनेर हिसाब आउँछ।
 

२। ऋणको वर्गीकरण
तपाईले ऋणको विस्तृत विवरण त तयार गरिसक्नुभएको छ, अब त्यसको वर्गीकरण पनि गर्नुहोस्। यसो गर्दा तपाई अहिले कुन ऋणको ब्याज बढी तिरिरहनुभएको छ र कुनको कम भन्ने थाहा पाउनु हुन्छ। अनि ब्याज दरका हिसाबले ऋण भुक्तानीको तालिका बनाउनुहोस्। ती ऋण चाँडो तिर्नुहोस् जसमा बढी ब्याज लाग्छ।

३। आम्दानी र खर्चको विवरण
ऋणको विस्तृत विवरण तयार पारेपछि तपाई आफ्नो मासिक आम्दानी र खर्चको विश्लेषण गर्नुहोस्। अधिकांस मान्छे यस्ता हुन्छन् जसले आफ्नो खर्चलाई गणना नै गरिरहेका हुँदैनन्। खर्चलाई व्यवस्थित गर्न सकिएन भने तपाईको बजेट सँधै विग्रिन्छ। यस्तो हुँदा ऋण तिर्न गाह्रो हुन्छ। यसबाट जोगिनका लागि सबै प्रकारका खर्चहरु लेखेर राख्नुहोस्। अचेल त खर्चको लिस्ट तयार पार्न कागज र पेनको पनि आवश्यकता पर्दैन सबै मोवाइलमै मिल्छ।
 

४।  खर्च न्यूनीकरण
सबै खर्चहरुको विवरण तयार हुँदा तपाईले कुन कुरामा बढी खर्च गरिरहनु भएको छ र त्यो कति आवश्यक होरु यसो हुँदा कुन खर्च घटाउन सकिन्छ भनेर सजिलै विश्लेषण गर्न सकिन्छ। यसले तपाईलाई अतिरिक्त खर्च गर्नबाट जोगाउँछ। खर्च कटौती गरेपछि तपाईले सजिलोसँग ऋण तिर्दै जान सक्नुहुन्छ। बरु अतिरिक्त काम गर्न सकिन्छ भने तपाई त्यतातिर पनि लाग्नुहोस् जसले आम्दानी बृद्धि हुन्छ।

५। स्व भुक्तानी
तपाई महिनावारी तलव तथा आम्दानी त बैंकबाटै बुझ्नुहुन्छ होला। अब तपाई के गर्नुहोस् भने ऋण तिर्नुपर्ने निश्चित रकम तलवबाट सम्बन्धित ब्यक्ति तथा संस्थाको खातामा जाने व्यवस्था मिलाउनुहोस्। यसो हुँदा जरिवानामा पनि परिँदैन र तपाईले ब्यवस्थित रुपमा ऋण तिर्नु हुन्छ। यसको अर्को फाइदा पनि छ। तपाईको खाताबाट ऋणको पैसा घटेपछि बच्ने थोरै पैसाले खर्च चलाउनु पर्छ, यसो हुँदा तपाई खर्च गर्न डराउनुहुन्छ।
 

६। हतार नगर्नुस्
ऋण भुक्तानी विस्तारै विस्तारै चल्ने प्रक्रिया हो। त्यसैले ऋण तिर्ने कुरामा कहिले पनि चिन्ता नलिनुहोस्। नेपालीमा उखान पनि छ नि( ऋण लागोस् तर दीन नलागोस्। जब तपाई मानसिक रुपमा ऋणको चिन्ताबाट मुक्त हुनुहुन्छ त्यसले तपाईको काममा उत्साह थप्छ। आम्दानी गर्ने नयाँ नयाँ बाटोहरु खोज्न सक्नुहुन्छ।

, ,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News