संविधानको कार्यान्वयन कसरी गर्ने भन्ने हामीलाई राम्रो ज्ञान छ कसैले सिकाउनु पर्दैन - खनाल

चैत्र २० 
नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले संविधानको कार्यान्वयन कसरी गर्ने भन्ने हामीलाई राम्रो ज्ञान छ त्यसैले कसैले सिकाइराख्नु जरुरत नभएको बताउनु भएको छ । भारत र युरोपिय युनियनले नेपालको संविधान पुर्ण नभएको भन्दै संयुक्त रुपमा विज्ञप्ती जारी गरेका थिए । उक्त विज्ञप्तीको
खण्डन गर्दै नेता खनालले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्ने बाह्य देशको भूमिका असह्य हुने समेत बताउनु भयो ।  नेपाल उद्योग तथा व्यवसायी महासङ्घको दोस्रो वार्षिक साधारणसभाको  उद्घाटन समारोहमा बोल्दै नेता खनालले यस्तो बताउनु भएको हो  । उहाले भन्नु भयो घरभित्रको समस्या घरकै सदस्यले समाधान गर्ने हो कुनै छिमेकीले होइन । संविधान सभामार्फत लामो समयको प्रयासपछि नेपाली जनताले पाएको संविधान विश्कै उत्कृष्ट रहेको उल्लेख गर्दै उहाले संविधान जारी भएको दिन युरोपियन युनियनले स्वागत गरेको तर हालै मात्र प्रेस विज्ञप्तिमार्फत त्यसको घुमाउरो अर्थले विरोध गर्नु आश्चर्यजनक भएको समेत उल्लेख गर्नुभयो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News