कहाँ गए नेपाल भारतको सिमानामा रहेको ११ सय जङ्गेपिलर?
भारतीय पक्षबाट हुँदै आएको सीमा अतिक्रमण,
बाढी पहिरो तथा संरक्षणमा देखिएको सरकारी उदासिनताका कारण सीमास्तम्भ
हराउँदा ६० हजार हेक्टर जमिन मिचिएको आजको कारोबार दैनिकमा समाचार छ ।
नापी विभागको तथ्थांक अनुसार भारतसँग सीमा जोडिएका २३ जिल्लाका ७१ स्थानमा ६० हजार ६ सय ६२ हेक्टर सीमा अतिक्रमण भएको छ ।
नेपाल भारत सीमा १ हजार ८८० किमी छ, जसको
सुरक्षामा भारतले ५० हजार अर्धसैनिक बल खटाएको छ । तर, नेपालको सशस्त्र
प्रहरी करिब ५ हजारमात्रै सीमा सुरक्षामा तैनाथ छन् ।
प्रत्येक एक किमी दूरीमा एसएसवीका २० देखि
२५ जना फोज तैनाथ छन् । तर , नेपालको सशस्त्र प्रहरी बल दशगजाबाट तीन
किमीभित्र प्रत्येक एक किमी दूरीमा ४ देखि ६ जनासम्म परिचालित छन् ।



0 comments
Write Down Your Responses