भिरबाट खसेको ढुंगाले लागेर एकको मृत्यु

जेष्ठ ०८ -दार्चुला
दार्चुला अपिनगरपालिका ११ रिङनताल नजिक भिरबाट खसेको ढुंगाले लागेर एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा दार्चुला जिल्ला हिकिला गाविस वडा नं। ७ का अन्दाजी ४४ वर्षका शंकर जोशी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । आज विहान करिब १०ः५० बजे बाँगाबगडबाट खलंगा बजार आउदै गर्दा रिङनताल नजिक माथिबाट खसेको ढुङ्गाले लागेर ज्यान उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हातमा थोरै केरा पनि थिए माथीबाट ढुंगा खसेर टाउकोको पछाडी पट्टी चोट लागेको आवस्थामा भेटियो प्रहरी प्रमुख डिसपी  शुसिलसिह राठौरले भन्नुभयो

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News