कब्जियत हुनुको कारण, यसबाट हुने समस्या र बच्ने उपायहरू….

ब्जियत हुनु, पेट खराब हुनु वा सफा नहुनु तथा पेटमा ग्यास बन्नु खासगरी शहरी जीवनमा आम समस्या भइसकेको छ । यसको चपेटामा कुनै पनि उमेरका, धनी, गरिब, प्रतिष्ठित वा जुनसुकै लिंगका मानिसहरू आउँदछन् । यसको असर शरीरमा र मष्तिष्कमा पनि पर्छ । केही चिकित्सकहरू कब्जियतलाई नै विभिन्न रोगको जननीको रूपमा मान्छन् ।

कब्जियत मुख्य दुई किसिमका हुन्छन्, -स्थायी र अस्थायी । स्थायी कब्जियतबाट मुक्ति पाउन निकै कठिन हुन्छ र यो कैयौं रोगको कारण पनि बनिरहेको हुन्छ । अस्थायी कब्जियत चाहिँ केही सामान्य विचार पुर्याएमा हटाउन सकिन्छ ।
अनियमित खानपान, शारीरिक श्रमको कमी, गरिष्ठ भोजन, औषधिको ज्यादा सेवन तथा पानी कम पिउनु कब्जियतका प्रमुख कारण हुन् ।
कब्जियतबाट मुक्ति पाउन खाना राम्रोसँग चबाएर खानुपर्छ । खानामा रेशादार खाद्यवस्तु समावेश हुनुपर्छ । चोकरयुक्त आँटाको रोटी खानु, प्रशस्त पानी पिउनु, समयमा मल त्याग गर्नु कब्जियतबाट बच्ने केही उपायहरू हुन् ।
रेशादार (फाइबर) तत्व भएका भोजनहरू पनि कब्जियत हटाउन लाभदायक हुन्छन् । यसबाट कुनै पोषक तत्व प्राप्त नभएपनि शरीरको आन्तरिक कार्य ठीकसँग गर्नका लागि यसको जरूरत हुन्छ । चोकरयुक्त आँटा, चिउरा, फलफूल, तरकारी, गेडागुडी, नफलेको चामल आदिमा रेशादार पदार्थ हुन्छ ।
कब्जियतबाट हुने समस्या
भोक नलाग्ने, मुख गन्हाउने, पेट फुल्ने, टाउको दुख्ने, बान्ता र वाकवाक हुने, दिसा साह्रो भएर हर्षा हुने आदि समस्या कब्जियतले ल्याउँछ । रेशादार पदार्थको सट्टा रेशा नभएका पदार्थ जस्तै–मैदा, बिस्कुट, चाउचाउ, केक आदि पदार्थहरूको बढी खानाले कब्जियत हुन्छ ।
साथै हिँडडुलको कमीले पनि कब्जियत हुने र तौल बढ्ने हुन्छ । झोल पदार्थको नाममा आजकल कफी, कोकाकोला, फ्याण्टाजस्ता पेय पदार्थहरू पिइन्छ, जुन कब्जियतका लागि जिम्मेवार छन् । मध्यमवर्गीय परिवारको भोजनबाट रेशादार पदार्थ झण्डै–झण्डै हराइसकेको छ ।
त्यसमाथि पनि बच्चाहरूको खानामा हरियो सागपात र तरकारी, मकै, भटमास, गाजर जस्ता रेशादार पदार्थ भएका खानेकुरा हटेर चिजबल, चाउचाउ, बिस्कुट आदि पदार्थ बढेका छन् । कब्जियत हटाउनका लागि दैनिक भोजन र खाजाबाट बजारिया रेडिमेड खाद्यपदार्थहरू हटाएर विभिन्न किसिमका, विशेष गरी बोक्रासहितका तरकारीहरू जस्तै -गाजर, काँक्रो, मूला त्यस्तै चना, भटमास, क्वा“टीको प्रयोग बढाउनु पर्छ ।
त्यसैगरी आँटा, नफलेको चामल, मकै, कोदो, बोक्रा सहितको आलु, फापर र कोदोमा पनि रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ ।
रेशादार पदार्थ पाइने भोजनहरू
मकैगहुँबोक्रासहितका गेडागुडी – भटमास, दालअन्य–फापर, कोदो, चामल, बन्दा, गाजर र अन्य विभिन्न हरिया तरकारीहरू
एकै ठाउँमा बसेर काम गर्ने जस्तै –कम्प्यूटर इञ्जिनियर, डाक्टर, अफिसमा कार्यरत व्यक्तिहरूको हिँडाइ र व्यायाम झण्डै शून्य हुन्छ । एक ठाउँबाट अर्को ठाउँमा जान विभिन्न यातायातको सुविधा भएकाले हि“डाइ पनि धेरै कम हु“दै जान्छ । बालबालिकाहरू पनि खेलकुदभन्दा टिभीअगाडि बस्न बढी रुचाउँछन् ।
व्यायाम मुटुका लागि मात्र होइन, आन्द्राका लागि पनि चाहिन्छ । व्यायामले पाचन शक्ति बढाउन मद्दत गर्दछ । अन्य शारीरिक व्यायाम गर्न सकि“दैन भने हिँडाइ त जसले, जहाँ पनि गर्न सक्छ । यसका लागि पैसा खर्च गर्नु पर्दैन । हरेक दिन २०–२५ मिनटको छिटोछिटो हिँडाइ एउटा राम्रो व्यायाम हो । यसले शरीरको तौल ठीक राख्नुको साथै कब्जियत हटाउन मद्दत गर्छ ।
गर्भ रहेका बेलामा पनि केही महिलालाई कब्जियत हुन्छ । यो बेलामा शरीरभित्र पैदा हुने हर्मोनहरूको कारणले यस्तो हुन सक्छ । गर्भवती महिलाले विभिन्न कामका साथै नथाक्ने गरी २०–३० मिनेट हिँड्नु राम्रो हुन्छ । साथै भोजनमा रेशादार पदार्थ, हरियो तरकारी, मौसमी फलफूल पनि प्रयोग गर्नुपर्छ । गर्भवती महिलाले पर्याप्त मात्रामा पानी र तरकारीको र दालको रस, मोही, दूध आदि प्रयोग गर्नुपर्छ ।
विभिन्न कारणवश कतिपय व्यक्तिहरू बिहान उठ्नेबित्तिकै नित्य क्रिया गर्दैनन् । कामको चाप, हतार, ढिलो उठ्ने बानी आदिले गर्दा अफिस वा काममा दौडन्छन् । दिसा लाग्दा लाग्दै पनि च्यापेर, रोकेर दौडिन्छन् । यस्तो बानीले पछि कब्जियत हुन जान्छ । बिहान उठ्नेबित्तिकै दिसा गर्ने बानीले कब्जियत हुनबाट बचाउँछ । बालबालिकाहरूलाई पनि बिहान उठ्नेबित्तिकै दिसा गर्ने बानी बसाल्नु पर्छ । यदि घरमा दिसा गरेनन् भने स्कूलमा डर वा लाजले शिक्षकलाई भन्न नसकी उनीहरू च्यापेर बस्छन् । यसले गर्दा कब्जियतको समस्या हुन्छ । जसको कारण जीवनभर स्वास्थ्य समस्या आउन सक्छ ।
खानेकुरा र व्यायामको अभाव मात्र होइन, लगातारको मानसिक चिन्ता र डर पनि कब्जियतको कारण बन्न सक्छ । चिन्ता र तनाव हटाउन ध्यान, योग, हि“डाइ र जीवनलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ । मानसिक चिन्ता हटाउन आनन्दपूर्वकको हिँडाइ, दौडाइ र ह“साइ पनि एउटा राम्रो माध्यम हो ।
पेट मिचिमिची हाँस्दा आन्द्राहरूको मालिस हुन्छ । कब्जियत हटाउनका लागि विभिन्न विज्ञापनमा देखाइएका जुलाब चक्कीहरूको प्रयोग सकेसम्म गर्न हुन्न । जुलाबले एकचोटि त कब्जियतबाट आराम दिन्छ, तर बारम्बारको प्रयोगले कब्जियत झन् खराब हुन सक्छ ।
केहि औषधिहरूले पनि कब्जियत गराउन सक्छन् । यस्तो बेलामा प्रायः औषधि दिने डाक्टरले त्यसका बारेमा भन्छन् र सकेसम्म बढी पानी पिउने र हरियो सागपात खाने सल्लाह दिन्छन् ।
दिसा आएन भने कतिपय व्यक्तिहरू बल निकालेर कन्छन् । यसले गुदद्वारमा दबाब पर्न जान्छ र मलद्वारमा घाउ हुने हुन्छ । त्यसैले कन्नु सट्टा दैनिक जीवनको भोजन, व्यायाम आदिबाट नै कब्जियतबाट मुक्ति पाउनु उचित हुन्छ । कब्जियत हुनेले राती सुत्दा मनतातो पानी पिउनु राम्रो हुन्छ ।
कब्जियतलाई सामाधान गर्न तल उल्लिखित केहि उपायहरू छन् ।
(क) रासायनिक प्रक्रियाः
यस अन्तर्गत विभिन्न औषधिका प्रयोगहरू पर्दछन् । जस्तै, आयुर्वेद, एलोपैथिक र यूनानी औषधिहरूले कब्जियत कम गर्छन् भनेर विभिन्न औषधि प्रयोग गरिन्छ । यसको प्रकृतिमा रासायनिक असर हुन्छ । तर यसरी प्रयोग गर्नाले शरीरमा हानि हुने हुँदा त्यस्ता किसिमका औषधिहरू कमै प्रयोग गरे उपयुक्त हुन्छ ।
(ख) सामान्य यान्त्रिक प्रक्रिया
यस अन्तर्गत मलद्वारबाट तरल पदार्थ प्रवेश गराएर पनि पेटभित्रको विकारलाई सहज गर्न सकिन्छ । तर यो प्रक्रिया पनि घरमा दैनिक रूपमा आफैले गर्न सकिँदैन र दैनिक रूपमा प्रयोग गर्नु पनि हुँदैन ।
(ग) आन्तरिक यान्त्रिक र
(घ) योग प्रक्रिया
यस अन्तर्गत
(अ) सफाइ :
जसरी हामीले शौचालयलाई पानी खन्याएर सफा गर्छौं, त्यसैगरी हाम्रो शरीरमा प्रशस्त मात्रामा पानीको प्रवाह गरेर पनि हाम्रो आन्तरिक शारीरिक संरचनालाई सफा गर्न सक्छौं ।
(आ) रेशादार खानेकुराको प्रयोग :
हाम्रो दैनिक जीवनमा प्रयोग हुने भोजनमा रेशादार पदार्थ भएको भोजनको प्रयोग गरेर पनि हामीले कब्जियतलाई प्राकृतिक तरीकाबाट रोकथाम तथा उपचार गर्न सक्छौं । रेशादार पदार्थले कब्जियतबाट छुटकारा दिन्छ । यसरी प्राकृतिक प्रक्रियाद्वारा गरिने उपचार प्रभावकारी र स्थायी हुन्छ । यसले मोटोपन हटाउन पनि मद्दत गर्छ ।
(इ) योगाभ्यास :
योगाभ्यासबाट पनि कब्जियतलाई हटाउन सकिन्छ । योगाभ्यासले शरीरमा पानी र रेशाको प्रतिक्रियालाई गति प्रदान गर्नाले शरीरका अङ्ग र पाचन प्रणालीमा सकारात्मक असर पुग्छ । टुसादार गेडागुडीमा प्रशस्त मात्रामा पानी र रेशादार पदार्थ पाइन्छ र कब्जियत हटाउ“छ । यसरी योग, व्यायाम, पानी र टुसायुक्त खानाले कब्जियत हटाई स्वस्थ राख्न मद्दत गर्दछ ।
डा. अरुणा उप्रेती

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News