विधा बनिन प्रथम नेपालकी महिला रास्ट्र पति

११ कात्तिक, काठमाडौं । गणतन्त्र नेपालको नयाँ राष्ट्रपतिमा विद्या भण्डारी निर्वाचित भएकी छन् । यससँगै उनी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छन् ।

भोजपुरबाट विद्यार्थी राजनीति थालेकी विद्या एमाले जननेता मदन भण्डारी पत्नी हुन् । भण्डारीसँग विवाह गरेपछि राजनीति कम र बढी गृहिणी भूमिकामा रहेको भण्डारी दासढुंगा दुर्घटनामा मदनको निधनसँगै फेरि राजनीतिमा फर्किइन् ।

२०५० सालको उपचुनावमा कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर चर्चामा आएकी भण्डारी संसदीय राजनीतिमा होमिएको २२ वर्षमा नै राष्ट्रपति बन्न सफल भएकी छन् ।

नयाँ राष्ट्रपति चयनका लागि बुधबार संसदमा मतदान भएको थियो । मतदानमा सत्तारुढ गठवन्धनकी उम्मेदवार विद्या बुहमतबाट गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News