पेट्रोलको तस्करीमा प्रहरी भ्यानको प्रयोग !

११ कात्तिक, काठमाडौं । दसैंको चहल-पहल सकिएकै थिएन । सोमबार मध्यान्ह १२ बजे गोंगबुबाट रानीबारीतिर जाने चोकस्थित मःम पसल अगाडि प्रहरीको बा २ झ १९४ नम्बरकाे नीलो भ्यान रोकियो । कालो चश्मा लगाएका युवाहरुले पेट्रोल भरिएका पहेंला जर्किन गाडीबाट निकालेर हतार-हतार पसलमा लुकाउन थाले ।


तेलको अभावले राम्ररी दसैं मनाउन नपाएका स्थानीयबासीले तेल लुकाएको पत्तो पाइहाले । प्रहरीको राताे बत्तीवाला भ्यान प्रयोग गरेर पेट्रोलको तस्करी भइरहेको देखेपछि तत्कालै स्थानीयवासी भेला भए । कसैले प्रहरीलाई यो के गरेको भन्दै प्रश्न गर्न थाले त कसैले तस्वीर खिच्न थाले ।

यसरी प्रहरीले नै पेट्रोल तस्करी गर्न पाइन्छ ? स्थानीय युवाले यस्तो प्रश्न गर्दा सिभिलमा खटिएका प्रहरीले तस्वीर खिच्नेलाई किन फोटो खिचेको भन्दै हप्काए ।

घटनाका प्रत्यक्षदर्शीका अनुसार उक्त तेलका जर्किनहरु सोही चोकमा बसोबास गर्ने एक व्यक्तिको घरमा पुर्‍याएर प्रहरी भ्यान हतार-हतार भागेको थियो ।

हाकिमको घरमा तेलका जर्किन ओसार्न खटाइएका प्रहरी जवानले भने हाकिम सापको गाडीका लागि तेल ल्याएको बताएका थिए ।

 तर, स्थानीयले प्रहरीका हाकिमको गाडीमा तेल हाल्न त्यसरी चोरले जसरी लुकाएर कारोवार गर्न जरुरी नरहेको र पेट्रोल पम्पबाटै तेल हाल्न सकिने बताउँदै पेट्रोल तस्करीमा प्रहरीको संलग्नता प्रमाणित भएको बताए पनि प्रहरीहरु भ्यानमा चढेर भागेका थिए ।

स्थानीयवासीका अनुसार प्रहरीको भ्यानमा त्यसरी ओसारिएको पेट्रोल उक्त घरबाट महंगो दाममा बिक्री गर्ने गरिएको छ । प्रहरीको भ्यानमा तेल ल्याउने र उक्त तेल किन्न सर्वसाधारणहरु सो घरमा जाने गरेको गोंगबु निवासी एक व्यक्तिले बताए
१ कात्तिक, काठमाडौं । दसैंको चहल-पहल सकिएकै थिएन । सोमबार मध्यान्ह १२ बजे गोंगबुबाट रानीबारीतिर जाने चोकस्थित मःम पसल अगाडि प्रहरीको बा २ झ १९४ नम्बरकाे नीलो भ्यान रोकियो । कालो चश्मा लगाएका युवाहरुले पेट्रोल भरिएका पहेंला जर्किन गाडीबाट निकालेर हतार-हतार पसलमा लुकाउन थाले । - See more at: http://www.onlinekhabar.com/2015/10/342907/#sthash.apMNZthp.dpuf

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News