अपराधीहरुको इन्टरपोलबाटखोजी


कार्तिक ३०, काठमाण्डौं । अमेरिकामा गम्भीर अपराध गरेर फरार भएका पाँच नेपालीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेडकर्नर नोटिस जारी गरेको छ । 

विभिन्न मितिमा अपराध गरेका नेपालीविरुद्ध जुनसुकै देशमा पनि पक्राउ गर्नसक्ने गरी रेडकर्नर नोटिस जारी भएको हो । पछिल्लोपटक नेपालीयुवक उमेश सापकोटाविरुद्ध अमेरिकन प्रहरीको सिफारिसमा रेडकर्नर नोटिस जारी भएको छ । एक महिलालाई सहयोग गर्ने बहानामा उनको अपार्टमेन्टमा पुगी महिलाको बच्चालाई एउटा कोठामा थुनेर उनले बलात्कार गरेको प्रहरीको दाबी छ । उनी २० मार्च २०१४ मा पक्राउ परेकोमा १० अप्रिल २०१४ मा छुटेका थिए । उनको शरीरमा ट्रयाक गर्न मिल्ने गरी मोनिटर राखिएकोमा उक्त मोनिटर नचल्ने बनाएर उनी फरार भएका हुन् । 

ट्राभिस राज्यको अदालतले ७ मे २०१४ मा उनीविरुद्ध वारेन्ट जारी गरेकोमा २१ जनवरी २०१५ मा रेडकर्नर नोटिस जारी भएको हो । त्यस्तै, अन्य चारजना नेपाली पहिलेदेखि नै अमेरिकामा रेडकर्नर नोटिसमा परेका छन् । मदिरा पिएर गाडी चलाउँदा दुर्घटनामा परी एकजनाको मृत्यु भएको अपराधमा साजन तिमल्सिना पाँचवर्षदेखि रेडकर्नर नोटिसमा छन् । 

एक महिलालाई चिठ्ठा नपरेको भनेर झुक्याएर उनलाई परेको चिठ्ठाको रकम आफूले लिएर ठगी गर्ने पंकज जोशीविरुद्ध पनि रेडकर्नर नोटिस जारी भएको पाँच वर्ष भइसकेको छ । उनको बारेमा नेपालमा समेत अनुसन्धान भएको थियो ।उनले अमेरिकाबाट पठाएको केही पैसा अहिलेसम्म रोक्का छ । बालबालिकालाई यौन दुव्र्यवहार गरेको अपराधमा अभिषेक सिंह तथा लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा जोन गुरुङलाई पनि अमेरिकन प्रहरीको सिफारिसमा रेडकर्नरनोटिस जारी भएको छ । नयाँ पत्रिका  बाट

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News