छेपारोले जीवन पायो :-प्रभात सुवेदी ।

कात्तिक २८, बर्दिया । शनिबार बिहानै एक सैनिक जवान झाडीमा नियाल्दै केही हराएको कुरा खोजेजस्तै गर्दै थिए । उनले केही बहुमूल्य बस्तु खोज्दै गरेजस्तो देखिएपनि वास्तवमा उनले मन्दिरको झाडी सरसफाइका क्रममा अप्ठ्यारो अवस्थामा परी छट्पटिइरहेको छेपारोलाई सानो लठ्ठीले सुरक्षित स्थानतर्फ लैजाँदै थिए जसले गर्दा उक्त छेपारोले जीवनदान पायो । यसरी सानो जीवको जीवनरक्षामा निकै चासो दिएका जवान भन्दै थिए, ‘यसले पारिस्थितिक पद्धतिलाई सन्तुलन गरिरहेको छ, तसर्थ यो प्रकृतिमा सबै जीवहरुलाई बाँच्न पाउने अधिकार छ ।’ मन्दिर परिसर सरसफाई गर्ने क्रममा छेपारोले जीवनदान पाएको हो । समाजको शान्ति सुरक्षामा खटिएका सेना, प्रहरी तथा देशको सेवामा लागेका कर्मचारीहरुले गुलरिया नगरपालिका वडा नं. ६ मा अवस्थित सन्तोषी मन्दिर परिसरको सरसफाइमा स्थानीय जनताहरुलाई भरपुर साथ दिएका छन् । मासिक सरसफाइ कार्यक्रम अन्तर्गत सञ्चालन गरिँदै आएको सरफसफाइ कार्यक्रम अनुसार आज यसरी सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हो । यो सरसफाइ कार्यक्रम नेपाली सेना, प्रहरी, ट्राफिक प्रहरी, कर्मचारी, बुद्धिजिवी, सन्तोषी टोल विकास संस्था तथा स्थानीय व्यक्तित्वहरु गरी करीव एक सय जनाको सहभागितामा सम्पन्न गरिएको हो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News