नेपालीहरुको मानवअधिकार हनन भयो: भारतीय सांसद
मंसिर २, काठमाण्डौं ।
भारतका एक सांसदले भारतले नेपालमाथि लगाएको अनौपचारिक नाकाबन्दीका कारण
अन्य वस्तुसँगै पेट्रोलियम पदार्थ, औषधि र खाद्यान्न आपूर्ति बन्द हुँदा
आधारभूत मानवअधिकारको स्पष्टरूपमा उल्लंघन भएको बताएका छन् ।
केही दिनअघि परिवारसहित बिदा मनाउने
क्रममा नेपाल आएका भारतीय बिजु जनता दलका सांसद तथागत सत्पथीले
प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाउँदै नेपालमा आमजनतामा फैलिएको
भारतप्रतिको नकारात्मक धारणाबारे सचेत गराएका छन् । भूकम्पबाट थिल्थिलिएको
नेपालले भारतबाट महत्वपूर्ण सहयोगको अधिकार राख्छ । तर भारतले अहिले जे
गरिरहेको छ त्यो स्पष्ट रूपमा आधारभूत मानवअधिकारको उल्लंघन हो, सत्पथीले
उल्लेख गरेका छन् ।
हामीले नेपालीलाई थिल्थिलो पारेका छौं र
नेपाली आमजनता भारतविरोधी बनेका छन् । सरदर नेपाली नागरिकको अवस्था हेर्दा
उनीहरूलाई पेट्रोलको लामो लाइन, अवरुद्ध सार्वजनिक यातायात, औषधि र
चिकित्सासम्बन्धी आधाभूत पूर्वाधार बन्द हुँदा उत्पन्न परिणामले
स्वाभाविकरूपमा आक्रोशित गराएको छ, सांसद सत्पथीले प्रधानमन्त्री मोदीलाई
लेखेको पत्रमा भनेका छन् । अन्नपूर्ण पोस्ट
0 comments
Write Down Your Responses