Local
»
बाँसगढी नगरपालीकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न
बाँसगढी नगरपालीकाको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बर्दियाको बाँसगढी नगरपालीकाको गत सोमबार सार्बजनिक
सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालीकाले आर्थिक बर्ष २०७१।७२ मा ४
करोड १० हजार ६ सय २९ रुपैया ९ पैसा बराबरका कारोबार गरेको सार्बजनिक गरेको
हो ।
नगरपालीका भित्र आएको ६ लाख ७९ हजार ९ सय ८ रुपैया १ पैसा बराबरको रकम
समयमा कार्ययोजना बनाई खर्च गर्न नसकेर फ्रिज भएको छ । सोही आर्थिक बर्षमा
नगरपालीकाले आन्तरिक स्रोत अन्तगर्त मालपोत रजिष्टेशन शुल्क बापत १२ लाख ३०
हजार २ सय २३ रुपैया ९० पैसा, घरकर बाट २ लाख २६ हजार ३ सय ५६ रुपैया,
मालपोत ८ लाख ८२ हजार ६ सय ५४ रुपैया ४९ पैसा, सिफारिस दस्तुर बाट १० लाख
८२ हजार ७ सय ८६ रुपैया संकलन गरेको थियो ।
त्यस्तै व्यक्तिगत घटना दर्ता
जरिवानबाट १ लाख ७ सय ७२, माछा पोखरी ठेक्का बाट १ लाख ९५ हजार ५ सय ४७
रुपैयाँ र घर निर्माण नक्सा पास तथा अन्यबाट गरि ४५ हजार ४ सय ६२ रुपैया
संकलन गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । नगरपालीकाका कार्यकारी
अधिकृत बखतबहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा बिभिन्न राजनिति
दलका प्रतिनिधिहरु, गाबिसका पुर्ब जनप्रतिनिधीहरु, उद्योग बाणिज्य सँघ
बाँसगढीका प्रतिनिधि, वडा नागरिक मञ्च, शिक्षक, बुद्धिजिबी, समाजसेबी, युवा
,सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
नगरपालीकाका वडा संयुक्त सचिव
टिकाराम ढकाले स्वागत मनतव्य तथा कार्यक्रमको सञ्चालन वडा सचिव शेर बहादुर
केशीले गर्नु भएको थियो । कार्यक्रममा नगरपालीकाबाट भईरहेका काम कारबाही र
हुनु पर्ने कामका बारेमा सहभागीहरुले गरेका टिकाटिप्णीका बारेमा कार्यकारी
अधिकृत बखतबहादुर खड्काले जवाफ दिनु भएको थियो ।
0 comments
Write Down Your Responses