नेपाल ग्यास शुक्रवार राजधानीका ३० स्थानबाट बाँडिदै (सूचीसहित)

नेपाल ग्यासले आफ्ना उपभोक्तालाई आज शुक्रवार विभिन्न ३० स्थानहरुबाट ग्यास वितरण गर्ने भएको छ। केही दिनदेखि उपभोक्तालाई विभिन्न स्थानबाट ग्यास वितरण गर्दै आएको नेपाल ग्यासले आज पनि त्यसलाई निरन्तरता दिएको हो। 
कालिमाटी, कोटेश्वर र भक्तपुरका विभिन्न ३० स्थानबाट आज ग्यास वितरण हुने नेपाल ग्यासले जनाएको छ।
ति डिपोहरुमा ७० वटा सिलिण्डरका दरले बाँडिने र उपभोक्ताले डिलरमार्फत लिन सक्ने कम्पनीले जनाएको छ। आज जम्मा २ हजार १ सय सिलिण्डर वितरण हुने कम्पनीले जनाएको छ। 
नेपाल ग्यासका अलवा अन्य कम्पनीले पनि आफ्ना डिपोहरुबाट ग्यास वितरण गर्ने कार्यक्रम राखेको जनाएका छन्। 


0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News