Video
»
हाम्ले खाको अचार र सेल राम्रो, भारत भन्दा चाइनाको तेल राम्रो (भिडियो सहित)
हाम्ले खाको अचार र सेल राम्रो, भारत भन्दा चाइनाको तेल राम्रो (भिडियो सहित)
ताजाखबर, २४ कात्तिक-
राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठान गण्डकी र जिल्ला कार्य समितिको आयोजनामा पोखरामा मंगलबार देउसी भैलो कार्यक्रम भएको छ ।
देउसीभैलो तथा शुभकामना कार्यक्रममा पोखरेली कलाकारहरुले भारतले गरेको नाकाबन्दी र भारतीय नरेन्द्र मोदीलाई गित मार्फत व्यङग्य गरेका छन् ।
छिमेकी देश भारतले गरेको अघोषित नाकाबन्दीले नेपालीहरुको जनजीवन कष्टकर भएको भन्दै पोखरेली कलाकारले भैलो गीत मार्फत उनीहरुले विरोध गरेका हुन् । चाडबाड समेत अभावमा मनाउनुपरेको भन्दै उनीहरुको देउसी भैलो कार्यक्रम नाकाबन्दीमै केन्द्रीत जस्तै लाग्थ्यो ।
कार्यक्रममा लोक तथा दोहोरी गायक प्रजापती पराजुली, पुरुषोत्तम न्यौपाने, घनश्याम रिजाल, कृष्ण देवकोटा, चोलेन्द्र पौडेल, शर्मिला गुरुंग लगायतका कलाकारहरु सहभागि थिए ।
0 comments
Write Down Your Responses