युवा सञ्जाल र सामुदायिक व्यबस्थापन समिति बेलवा गठन ।।


बर्दियाको बाँसगढी नगरपालीकाको साबिक बेलवामा सोमबार युवा सञ्चाल र सामुदायिक व्यबस्थापन समिति गठन गरिएको छ । युवा अभियान बर्दियाको आयोजनामा खलबहादुर वलीको अध्यक्षतामा युवा सञ्जाल र नैन बहादुर खत्रीको संयोजकत्वमा व्यबस्थापन समिति बेलवा गठन गरिएको हो । सञ्जाल गठन कार्यक्रमको अध्यक्षता गरेका बाँसगढी नगरपालीकाका वडा सचिव शेरबहादुर केसीले नब गठित सञ्जाल तथा समितिका पदाधिकारीहरुलाई बधाई दिर्दै युवाहरु सधै सकारात्मक सोचका साथ अगाढी बढ्नु पर्ने कुरामा जोड दिए । कार्यक्रममा नव गठित सामुदायिक व्यवस्थापन समितिका संयोजक नैनबहादुर खत्रीले आफु यस क्षेत्रका युवा लगायतको हकहितको लागी सधै लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा मध्य तथा सुदुरपश्चिम युवा सञ्जालका संयोजक केशव टमटा युवा अभियान बर्दियाका बरिष्ठ कार्यक्रम संयोजक निराजन चौधरीको समेत सहभागीता रहेको थियो । कार्यक्रम सञ्चालन युवा सञ्जाल डेउढाकालाका सचिव क्षितिज पौडेलले गरेका थिए ।


0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News