»
युवाहरुले गरे सरसफाई
युवाहरुले गरे सरसफाई


बाँसगढी नगरपालीकाको ककौरा बजारमा सरसफाई तथा एक दिने अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । ककौरा बजार सुधार तथा व्यबस्थापन समिति र स्थाई प्रहरी चौकी ककौरासँग सहकार्य गरी युवा सञ्जाल डेउढाकलाको आयोजनामा अन्तक्रिर्या कार्यक्रम तथा सरसफाई गरिएको हो । सो कार्यक्रममा ककौरा बजार सुधार समितिका अध्यक्ष गोबिन्द शर्मा पंगिनीले सबै व्यपारीहरु एक जुठ भई हरेक ठाँउको सरसफाईमा लाग्नु पर्ने र आफनो ठाँउ आफै बनाउ भन्ने अभियानलाई पुर्ण रुपमा पालना गरी अगाढी बढ्न सबै स्थानिय बासीहरुलाई आग्रह गर्नु भयो । कार्यक्रममा युवा सञ्जाल डेउढाकलाका उपसंयोजक कृष्णराज ढकालले ककौरालाई बाँसगढी नगरपालीकाकै सुन्दर नगरी बनाउनमा यस क्षेत्रका स्थानिय युवा बुद्धिजिबी राजनिति दल लगायतको समान सहभागीताका साथ अगाढी बढ्ने बताउनु भयो । कार्यक्रममा अर्का सहभागी अस्थाई प्रहरी चौकी प्रमुख प्रकाश थापाले यस क्षेत्रलाई सुन्दर तथा नमुना युक्त क्षेत्र बनाउनका लागी आफनो प्रशासनको तर्फबाट पुर्ण रुपमा लागि पर्ने प्रतिवद्धता व्यक्त गनुभयो । उहाले कागजका टुक्राहरु जथाभाबी नफालन आग्रह गर्दै मध्यपान तथा धुम्रापान लगायत सुर्तिजन्य पदार्थहरु सार्बजनिक स्थलमा सबन गर्ने र गराईएको पाईएमा कानुन बमोजिम कारबाही गरिने बताउनु भयो । सो सरसफाई कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रतिनिधी, समाज सेबी, बुद्धिजिबी, व्यापारी, सञ्चारकर्मी लगायतको सहभागीता रहेको थियो ।
Labels:
Recent Updates
Recomment to Your Friends
Current Views
0 comments
Write Down Your Responses