भारतलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउन माग
बागलुङ–अधिकारकर्मीले तराइमा जारी आन्दोलनलाई बहाना बनाएर भारतले लगाएको नाकाबन्दी मानव अधिकारको अन्तर्राष्ट्रिय मूल्यमान्यता बिपरित भएको भएको भन्दै तत्काल खोल्न माग गरेका छन्।बागलुङमा शनिबार आयोजित एक कार्यक्रममा कानुन व्यवसायी, अधिकारकर्मी र अभियानकर्मीले भारतको नाकाबन्दी मानवता बिरुद्धको अपराध भएको बताएका हुन्। नेपालको पारबाहन अधिकार बिपतिर गरिएको नाकावन्दीले नेपाली नागरिकको जनजीवन कष्टकर भऐको कानुन व्यवसायी बरिष्ठ अधिवक्ता पद्यनाथ शर्माले बताए। 'भारत निर्लज्ज रुपमा प्रस्तुत भएको छ,'बरिष्ठ अधिवक्ता शर्माले भने, 'भारतले नेपाललाई फिजी र सिक्किम बनाउन खोजेको छ।' उनले भारतलाई अन्तर्राष्ट्रिय अदालतमा उभ्याउनु पर्ने बताए।
मानव अधिकार तथा शान्ति समाज, बागलुङले आयोजना गरेको कार्यक्रममा शान्ति अहिंसा, राष्ट्रिय स्वाभिमान, एकता, सद्भाव र आत्म सम्मानमा जोड दिनुपर्नेमा उनको भनाइ थियो। सो कार्यक्रममा गुप्तेश्वर बहुमुखी क्याम्पसका प्राध्यापक तथा अधिकारकर्मी विकास पौडेलले भारतले लगाएको नाकाबन्दी मानवता बिरुद्धकोअपराध भएको टिप्पणी गरे। 'नाकावन्दीले नागरिक न्यूनतम अधिकारबाट बंचित भएका छन्,' पौडेलले भने, 'यो मानव अधिकारको विश्वव्यापी मूल्यमान्यता बिपरित छ ।' कार्यक्रममा अधिकारकर्मीले सरकारले नाकाबन्दी तत्काल खोलेर नागरिकको जनजीवन सहज बनाउन सरकारले कुटनीतिक ढंगले पहल गर्नुपर्ने बताएको मानव अधिकार तथा शान्ति समाज बागलुङका सभापति भुमिश्वर गौतमले बताए भनेर नागरिक दैनिकमा खबर प्रकाशित छ ।

0 comments
Write Down Your Responses