भित्ते पत्रिका लेखन तालिम सम्पन्न

बर्दिया कालिका ७ स्याउलीबजारमा आज एक दिने भित्ते पत्रिका लेखन तालिम सम्पन्न भएको छ । भित्ते पत्रिका लेखन तालिम सिबिन नेपालको सहकार्यमा कालिका युवा समुहको आयोजनामा भएको होे । तालिममा पत्रिकामा समाचार लेखनका साथै भित्ते पत्रिकामा सामाबेश गरिने सामाग्रीका बारेमा जाकारी गराईएको थियो । कालिका युवा सञ्चालका सदस्य सिद्धान्त थारुले सहजिकरण गर्नुभएको तालिममा कालिका गाबिसका २० जना युवा युवतीको सहभागीता रहेको थियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News