ककौरा बजार सुधार समिति गठन ।।

२६ मंसिर, ककौरा

बाँसगढी नगरपालिका वाड नम्बर ६ ककौरामा, ककौरा बाजार सुधार समिति गठन गरिएको छ । पहिले बनेको समितिको प्रभाबकारी कार्य नभएको भन्दै ककौराका स्थानिए ब्यापारीहरुले पुर्ब समिति बिघटन गरि गोबिन्द शर्मा पंगेनीको अध्यक्षतामा नौ सदस्सीय नयाँ कमिटी गठन गरेका हुन । नब गठित सुधार समितिको उपाध्यक्षमा घनश्याम भट्टराई, सचिबमा महेशनाथ योगी, कोषाध्यक्षमा कुलबहादुर खड्का, सदस्यहरुमा दशिराम चौधरी, देउमती थापा, रामकुमार परियार, रामकुमार चौधरी र नोखै चौधरीलाई ब्यापारीहरुले चयन गरेका छन । कार्यक्रममा ककौरा बजार सुधार समितिका नव गठित अध्यक्ष गोबिन्द सर्मा पंगेनीले यस क्षेत्रको बिकासका लागि आफ्नो तर्फबाट पूर्ण रूपले आफु लागि पर्ने जानकारी गराए । उनले ब्यापारीहरुको हकहितको लागि सो समिति गठन गरिएकोले सबै ब्यापारीहरु एक जुट भएर लाग्नु पर्ने बताए । कार्यक्रममा उपस्थित बक्ताहरुले यस क्षेत्रकै सबै भन्दा अगाडी बनेको र पुरानो बजार ककौरा भएता पनि अझै बिकास हुन नसकेकोमा चिन्ता ब्यक्त गरेका थिए । बजार सुधार समितिले बजार ब्यबस्थापन, फोहोर ब्यबस्थापन, बचत संकलन, ब्यापारीहरुका समस्या, लगायतका क्षेत्रहरुमा काम गर्ने छ । कार्यक्रममा बिभिन्न राजनितिक दल, समाज सेवी, बुद्दीजीबी, स्थानीय युवा, संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।  

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News