बर्दियामा ठूलो परिमाणमा सालको काठ बरामद मंसिर २५ ।

बर्दियामा प्रहरीले ठूलो परिमाणमा सालको काठ बरामद गरेको छ ।सानोश्री ताराताल नगरपालिका नं. २ स्थित रामबहादुर खत्रीको करेसा बारीमा अबैध तरिकाबाट चिरान गरिरहेको अबस्थामा उक्त काठ बरामद गरिएको जिल्ला प्रहरी कर्यालय बर्दियाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट गएको प्रहरी गस्ती टोलीले १७ लाख ४० हजार ४० रुपैयाँ मुल्य बराबरको ८७.०२ घनफिट काठ बरामद गरेको हो । अबैध रुपमा सरकारी बन जंगलबाट सालका रुखहरु काटी ल्याई चिरान गरी रहेको अवस्थामा उक्त काठ र काठ चिर्न प्रयोग गरिने आरा सहितका औजारहरु पनि बरामद गरिएको बताइएको छ । काठ सहित रामबहादुर खत्रीलाई पनि पक्राउ गरिएको र आवश्यक कारवाहीको लागि शुक्रबार मानिस र काठ जिल्ला बन कार्यलय बर्दियामा बुझाईएको बर्दियाका प्रहरी उपरिक्षक गोविन्दराम परियारले जनाएका छन् ।

,

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News