बाँसगढिमा १६ दिने लैंगिक हिंसा बिरुद्ध र्याली तथा कोण सभा सम्पन्न

क्षितिज पौडेल,बाँसगढी मङ्गसिर २४

घर सान्ति नै बिश्व शान्तिको आधार पुनरनिमार्ण शिक्षा र सम्मान व्यबहार भन्ने मुल नारा सहित बाँसगढीनगरपालीकामा एक दिने र्याली तथा कोण सभा सम्पन्न भएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई सफल पार्न कमैया महिला जागरण समाज नेपाल बर्दिया,परिबर्तन दलित बचत तथा ऋण सहकारि सँँस्था लिमिटेड सगढि,पुस्पकमल महिला बहुउद्देस्यि सहकारि सँँस्था लिमिटेड बाँसगढि,एकल महिला समाज बर्दिया र अखिल नेपाल सँघ बाँसगढि नगर कमिटिको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा महिला हिंसा अन्त्य गरौ कुरा होईन 

महिला अधिकारकर्मी शिब कुमारी सापकोटा
बाँसगढी न.पा पर्तिनिधि टिकाराम ढकाल
काम गरौँ,पहिचान र सहभागिता हाम्रो अधिकार, लैङ्गीक हिंसा अन्त्य गरी लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान सफल पारौँ भन्ने नारा लगाउदै बाँसगढि बजार र्यालीले परिक्रमा गरिएको थियो । र्याली पछि भएको कोण सभामा बोल्दै एकल महिला समाजकी चन्द्राबति शर्माले आफ्नो घर शान्ति भए बिस्वनै शान्ति हुने कुरा राख्दै उहाले हाम्रो समाजमा अझै पनि दाइजो र्पथा,बाल बिबाह जस्ता बिकिृति रहि आयकाले यसलाइ निरमुल पार्न लाग्नु पर्ने बताउनु भयो ।कार्यक्रममा सहभागि दलित सँजालकी प्रतिनिधि तथा महिला समाज सेवि उत्तिमा बि क ले महिला हिँसा मुक्तिको अभियान सफल पार्दै महिला महिला बिच आपसि सहयोगको भाबना हुनुपर्नेमा जोड दिनु भयो । र्कायक्रममा प्रमुख अतिथि रहनु भएका बाँसगढि नगरपालिकाका टिकाराम ढकालले प्रमुख अतिथिको आशन बाट बोल्दै महिलाका लागि नगरपालिका मार्फत आउने बजेट ऐन अनुसार महिलाहरुका लागि खर्च गरिने बताउदै महिला हक अधिकार मागेर नपाइने भन्दै खोसेर पनि आफ्नो अधिकार लिग्नु पर्ने बताउनु भयो ।
कार्यक्रको सभापतित्व ग्रहण गर्नु भएकी महिला अधिकारर्मी सिब कुमारी सापकोटाले आफ्नो आसन बाट बोल्दै महिला हिँसा भयो भन्दैमा महिलाहरु अझैपनि रुदै हिड्ने गरेको बताउदै तर त्यसो नगरि महिला न्याय कसैले घर घरमा लगेर नदिने भएकोले आफै अग्रसर भयर अगाडि बढ्न महिलाहरुलाइ आग्रह गर्नु भयो । कार्यक्रममा स्थानिय युवा क्लब, बिभिन्न महिला समुहहरु, राजनितिक दल लगायतको सहभागीता रहेको थियो भने कार्यक्रमको सँचालन अम्बिका चाँपागाइले गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News