Local
»
सामुदायिक सुचना केन्द्रका लागि २४ लाख अनुदान ।।
सामुदायिक सुचना केन्द्रका लागि २४ लाख अनुदान ।।
बर्दिया, पुस १ गते,
बर्दियाको गुलरीयामा आज दुई महिला सहकारी संस्थालाई सुचना केन्द्र
संचालनको लागि सुचना तथा सञ्चार मन्त्रालयद्धारा २४ लाखको प्राबिधिक
सामग्री हस्तारन्तरण गरीएको छ । सुचना तथा सञ्चार मन्त्रालयका शाखा अधिकृत
सन्तोष खत्रीले सुनौला महिला सहकारी र ठाकुरद्धाराको हिम सुशाकं महिला
सहकारी संस्थालाई १२।१२ लाखको सामग्री हस्तान्तरण गर्नु भएको हो ।
महिलाहरुलाई सुसुचित गराउनको लागि सामुदायिक सचेतना कार्यक्रम मार्फत
मन्त्रालयले देशभरको ५१ जिल्लाका ८१ वटा ठाउँमा प्रत्येक महिला सहकारीलाई ५
वटा कम्प्युटर, १ फोटोकपी मेसिन, १ प्रिटर, १ क्यामरा, १ लेविनेसनको
मेसीन, ७ कुर्ची, ७ टेबुल, १००वार्टको सोलार पावरको सेट, १ फाईल र्याक
लगायतको सामाग्रीहरु हस्तान्तर गरेको सुनौलो महिला सहकारी संस्थाका अध्यक्ष
इन्दिरा सुवेदीले जानकारी दिनुभयो ।
0 comments
Write Down Your Responses