सशस्त्र द्धन्द्धको रिर्पोटिङ निर्देशिका अभिमुखिकरण गुलरीयामा सम्पन्न ।।

बर्दिया, पुस १ गते,
 सशस्त्र द्धन्द्धका कारण हिंसामा परेका महिला केन्द्रित रिर्पोटिङ निर्देशिका अभिमुखिकरण तथा छलफल आज गुलरीयामा सम्पन्न भएको छ । किचन स्टोरी काठमाण्डौको  आयोजनामा भएको कार्यक्रममा सशस्त्र द्धन्द्धका कारण हिंसामा परेका महिलाका मुद्धामा रिर्पोटिङ गर्दा अपनाउनु पर्ने सम्वेदनसिलता, प्रभावित महिला केन्द्रित रिर्पोटिङ गर्दा अपनाउने उपाएका बारेमा छलफल भएको थियो । रिर्पोटिङंले उहाँहरुलाई न्याय दिलाउने काममा सहयोग पुराउने र उहाँहरुको कथा गाथालाई उजागर गर्दै अभिलेखिकरण पनि गर्ने सहयोग पुग्ने उदेश्यले कार्यक्रमको आयोजना गरीएको हो । कार्यक्रममा बर्दिया जिल्लामा रहेका ३ वटा सामुदायिक रेडियोका ८ जना र सशस्त्र द्धन्द्धका कारण हिसामा परेका  महिलाका मुद्धासंग सरोकार राख्ने संस्थाका ३ जन गरी ११ जनाको सहभागिता रहेको थियो ।  कार्यक्रमको सहजिकरण  किचन स्टोरीका अध्यक्ष जया लुईटेल र मोहन मैनालीले सहजिकरण गर्नु भएको थियो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News