Local
»
रामजानकी सामुदायिक वन उपाभोक्ता समितिको ८ औ बार्षिक साधारण सभा सम्पन्नन्
रामजानकी सामुदायिक वन उपाभोक्ता समितिको ८ औ बार्षिक साधारण सभा सम्पन्नन्
रामजानकी
सामुदायिक वन उपाभोक्ता समिति बाँसगढी नगरपालिका ६ बर्दियाको ८ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
रामजानकी
सामुदायिक वन उपभोक्ताले ९ लाख ४५ हजार २ सय ६८ रुपैया ८९ पैसा बराबरको कारोबार
गरेको छ । जसमा आम्दानी नयाँ प्रबेश उपभोक्ताबाट १ लाख ५ हजार, दाउरा बिक्रिबाट १ लाख ७३ हजार १ सय ४३, मासिक लेबीबाट ४१ ह्जार ९ सय ७० रुपैया, बिबिध आयबाट १३ हजार ९ सय ६० रुपैया, सिसोको गोली बल्लाबल्लीबाट ३ लाख १५
हजार १ सय ४६ रुपैया ५० पैसा, जरिवानाबाट
१३ हजार ६ सय ५०, व्याज आयबाट ६ हजार २ सय ६५ रुपैया ४८
पैसा र घर छुटटा भिन्नबाट १२ हजार रुपैया गरी जम्मा ९ लाख ४५ हजार २ सय ६८ रुपैया
८९ पैसा आम्दानी गरेको छ । खर्च तर्फ भने बनबिकास कार्यक्रममा ४ लाख ६१ ह्जार ७ सय
४४ रुपैया , सामुदायिक बिकास कार्यक्रममा ६७ हजार ८
सय २० रुपैया, प्रशासनिक खर्चमा २ लाख ७५ हजार ४ सय
३८ रुपैया ६४ पैसा र अन्तिम बैक मोज्दास १ लाख
३६ हजार ४ सय ६२ रुपैया ५ पैसा र ३ हजार ८ सय ४ रुपैया २० पैसा नगद बचतमा
रहेको आर्थिक प्रतिबेदन कार्यलय सचिव जमुना सुबेदीले सुनाउनु भयो । कार्यक्रमको
अध्यक्षता वनका अध्यक्ष डोम्ला थारुले गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख
अथिति ईलाका बन कार्यालय भैसासुरका साहायक वन अधिकृत चन्द्रेश्वर प्रसाद शाह र
अथितिमा गाँउ वन उपभोक्ता महासँघ नेपालका हेमन्त थारु रहनुभएको थियो ।
0 comments
Write Down Your Responses