कुशुम्बाबजार सानोश्री बर्दियाको नव निर्वाचित कार्य समिति लाई पद तथा गोपनियताको सपथ ग्रहण
उद्योग वाणिज्य संघ कुशुम्बाबजार सानोश्री
ताराताल बर्दियाको नव निर्वाचित कार्य
समिति लाई एक समारोहका बीच पद तथा
गोपनियताको सपथ ग्रहण गराइएको छ ।
उद्योग वाणिज्य संघ कुशुम्बा बजारको नयाँ
कार्य समितिमा अध्यक्ष देवेन्द्र
तिमिल्सेनाका प्रथम उपाध्यक्ष कृष्ण प्रसाद
सिग्देल ,दितिय उपाध्यक्षमा झक्क बहादुर
बोहरा,सचिबमा घनश्याम अधिकारी
,कोषाध्यष अम्मर भण्डारी ,सह कोषध्यक्षमा
हर्क वहादुर वस्नेत सहसचिवमा भक्त बहादुर
सुनार सदस्यहरुमा अम्मर ब. के.सी. (अर्जुन)
सावित्रि शाही, बिनु बडुवाल, ऋषि राम
काफ्ले, कृष्णा सुनार, माधव चौधरीलाई
निर्वाचन समिति संयोजक शिवदक्त
लामिछानेले पद तथा गोपनियताको सपथ
ग्रहण गराउनु भएको हो ।
उक्त समारोहमा नव निर्वाचित अध्यक्ष
देवेन्द तिमिल्सेनाले विधी प्रकिया र
विनियमका विषयमा निर्देशनात्मक
प्रशिक्षण दिनुभएको थियो । सपथ ग्रहण पछि
बसेको संघको वैठकले निर्वाचन प्रक्रियामा
सहभागि भै सहयोग गर्ने सम्पूर्ण सदस्य,
राजनितिक दल, समाजसेवी, वुद्धिजीवी,
सुरक्षाकर्मी, संचारकर्मी र व्यापारीहरुलाई
धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको सचिव
घनश्याम अधिकारीले जानकारी दिनुभएको छ
।
शपथ ग्रहणलगत्तै निवर्तमान अध्यक्ष उदय राज
लम्सालले नवनिर्वाचित अध्यक्षलाई पदभार
हस्तान्तरण गराउनुभएको थियो । संघको
निर्वाचन पौष ५ गते कुशुम्बा बजारमा सम्पन्न
भएको थियो ।
0 comments
Write Down Your Responses