बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि. को बार्षिक सातौ साधारण सभा सम्पन्न
पौस११,बाँसगढी पिपलबोट बचत तथा ऋण सहकारी संस्था लि. को बार्षिक सातौ साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाले आर्थिक बर्ष २०७१।०७२ मा ७ करोड ८५ लाख १ सय ९९ रुपैया ७१ पैसा बराबरको कारोबार गरेको छ ।
सहकारी संस्थाले सो अबधीमा १३ लाख ६६ हजार ९ सय ८५ रुपैया ४८ पैसा खुद नाफा गर्न सफल भएको संस्थाका कोषाध्यक्ष धनबहादुर बुढाले लेखा प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अथिति तथा सहकारी बोडका केन्द्रिय सदस्य देबबहादुर खत्रीले सहकारी संस्थापना गर्नु ठुलो नभएको भन्दै लक्ष्य हासिल गर्न सहकारी ऐन अनुसार समय सापेक्ष काम कारबाहीमा परिमार्जन गर्नुपर्ने बताउनु भयो ।
सहकारीको बिकासले देशलाई पनि टेवा पुर्याएकोमा जोड दिर्दै राज्यले सहकारीहरुको लागी अनुदानका कार्यक्रम ल्याउनु पर्ने बताउनु भयो । सहकारी संस्थाले यस बर्ष सहकारीबाट ऋण लिएर सफल व्यबसाय गर्न सफल शेरबहादुर सुनार, मिन बहादुर थारु, हिमराज न्यौपाने र केदारबहादुर थारु गरी ४ जना शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।
कार्यक्रममा डिभिजन सहकारी कार्यालय बर्दिया सहकारी निरिक्षक शरदकुमार घिमिरे, बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्का, नगर स्तरिय सहकारी संञ्जालका अध्यक्ष खड्गबहादुर खड्का, नेराउमाबिका प्राचार्य निराजन चापागाँई, बिभिन्न सहकारी संस्थाका प्रतिनिधीहरु, समाजसेबी, शेयर सदस्य लगायतको सहभागीता रहेको थयो ।
संस्थाका अध्यक्ष नवराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष बद्री बरालले गर्नुभएको थियो भने सञ्चालन व्यवस्थापक पुर्णबहादुर वलीले गर्नुभएको थियो ।



0 comments
Write Down Your Responses