बाँसगढी नगरपालीका र प्रशासनलाई फोहोर मैला व्यवस्थापन ऐन अनुसारको प्रक्रिया शुरु गर्न सहसचिव पाण्डेको निर्देशन ।
१४ पुस,
संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेले
फोहोर मैला व्यवस्थापन ऐनले व्यवस्था गरे अनुसार आजै देखि नगरपालीका र
प्रशासनलाई प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन । राष्ट्रिय सरसफाई
अभियान सप्ताह कार्यक्रम अन्र्तगत मंगरबार बर्दियाको बाँसगढीमा भएको
सचेतनामुलक कार्यक्रममा बोल्दै उनले फोहोर मैला व्यवस्थापन ऐन अनुसार
जथाभाबी फोहोर गर्नेलाई ५ हजार देखि १ लाख सम्मको जरिवाना वा ३ महिना कैदको
व्यबस्था रहेको भन्र्दै आजै दे
खि बाँसगढीमा पनि लागु गर्न निर्देशन दिएका हुन । पाण्डेले राजमार्गलाई बाहाना बनाएर नेपाल भरी सरसफाई गर्न खोजेको समेत बताए । त्यस्तै सघिय मामिला तथा स्थानिय बिकास मन्त्रालयका उपसचिव चिरञ्जीबी तिमेल्सेनाले बाँसगढी नगरपालीका धेरै अबसर बोकेको नगरपालीक भएको भन्दै ति अबसरलाई बुझेर सम्रान्त, समुन्त, स्वच्छ सफा हराबरा हरित नगरको रुपमा बिकास गर्न सके पश्चिमी क्षेत्रको उन्नत नगरपालीकाको रुपमा प्रचार हुनेमा जोड दिए ।कार्यक्रममा बोल्दै स्थानिय बिकास अधिकारी तथा खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका संयोजक तेजराज शर्माले बर्दिया खुलादिशामुक्त क्षेत्र घोषण भईसकेकोमा जोड दिर्दै अब बर्दियालाई पुर्ण सरसफाई जिल्ला घोषणको अभियानमा लाग्नु पर्ने बताए ।
त्यस्तै सभाका अध्यक्ष तथा बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्काले प्रमुख अथितिको निर्देशन अनुसार बाँसगढी नगरपालीकालाई आजै देखि सफा स्वच्छ राख्न प्रतिबद्ध रहेको बताए । कार्यक्रममा बर्दिया जिल्लाका साहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ अधिकारी, जिल्ला शिक्षा अधिकारी जितबहादुर शाह बिभिन्न सरकारी कार्यालयका प्रमुख, स्थानिय राजनितिक दल, नगरबासी लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा राष्ट्रिय कलाकार जोगिन्दर पानवालाको प्रस्तुती सँगै सरसफाई सम्बन्धी नाटक पनि देखाईएको थियो ।

0 comments
Write Down Your Responses