गा.बि.स स्तरिय एकदिने थारु बखेरी बुधबार सम्पन्न
पौस १५
थारु समुदायको बिकासका मुद्दालाइ समाधान गर्न सबै सरोकारवालाहरुसंग सहकार्य गर्ने लगायतको १० बुन्दे प्रतिबद्धता सार्बजनिक गर्दै कालिका गा.बि.स स्तरिय एकदिने थारु बखेरी बुधबार सम्पन्न भएको छ । पशुपती जोधा प्रा.बि फुलपुरमा आयोजना गरिएको बखेरीमा थारु कल्याणकारिणी सभा बर्दियाका अध्यक्ष गोबिन्द प्रसाद चौधरी, कालिका गा.बि.सका पुर्ब उपाध्यक्ष कबीराम चौधरी, मानव अधिकारकर्मी सुशील चौधरी, पत्रकारहरु एकराज चौधरी, मानबहादुर चौधरी, प्रभु चौधरी, गुलरीया नगरपालिकाका बरघर बिरबहादुर थारु, द्धन्दपिडित समिति बर्दियाका अध्यक्ष भागीराम चौधरी लगाएतले बोल्नु भएको थियो । । भेलाले थारु समुदायको बिकासका मुद्यालाइ समाधान गर्न सबै सरोकारवालाहरुसंग सहकार्य गर्ने, थारु संस्कृति संरक्षण र प्रबद्र्धनकालागि योजना बद्धरुपमा काम गर्ने, सामुदायीक सामाजिक जागरण अभियान संचालन गर्ने लगाएत १० बुन्दे प्रतिबद्धता जाहेर गरेको छ । प्रतिबद्धतालाइ व्यवहारमा लागु गर्न निरन्तररुपमा यस्तो छलफल भेलाको आयोजना गरीने कार्यक्रमका ननडरुवा शोभा चौधरीले बताउनु भयो । जातृती युवा ल्कब फुलपुरका अध्यक्ष दिपेन्द्र कुमार थारु मटावाँ रहनु भएको कार्यक्रममा स्वागत राधेश्याम चौधरलिे गर्नु भएको थियो । कार्यक्रममा २ सय महिला पुरुष र सबै वार्डका बरघरहरुको उपस्थिति रहेको थियो ।



0 comments
Write Down Your Responses