पौस १५, लक्ष्मण चौधरी स्मृति छात्रबृति कोष स्थापना

पौस १५,
नेपाल राष्ट्रिय निम्न माध्यामिक बिद्यालय मयुरबस्तिमा स्वर्गिय लक्ष्मण चौधरी स्मृति छात्रबृति कोष स्थापना गरिएको रु. ५० हजारको अक्षयकोष बाट आउने रकमलाइ बार्षिकरुपमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाइ छात्रबृती दिइने कालिका मयुरबस्तिका कालुराम चौधरी लहीया चौधरीका माईला छोरा लक्ष्मण चौधरीका नाममा अक्षयकोष स्थापना गरिएको हो नेपाल प्रहरीको प्रहरी जवानरहनु भएका लक्ष्मण चौधरी २०५८ कार्तिक २८ गते सशस्त्र बिद्रोहमा रहेको तत्कालिन माओबादीको आक्रमणमा परी बिरगती प्राप्त गर्नु भएको थियो उहाँको श्रीमती एक छोरा एक छोरी रहेका छन् मयुर नेपाल राष्ट्रिय निम्न माध्यामिक बिद्यालय मयुरबस्तिको ३८ बार्षिक उत्सबका अवसरमा स्वर्गिय लक्षण चौधरीका दाइ सुशील चौधरीले स्वर्गिय लक्ष्मण स्मृति छात्रबृति कोष स्थापनाको घोषणा गर्नु भएको हो मयुर नेपाल राष्ट्रिय निम्न माध्यामिक बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगल थारुको सभापतित्वमा भएको कार्यक्रममा संस्थापक अध्यक्ष चन्दबहादुर रानाभाट, स्थानिय बुद्धिजिविहरु बिश्वराज सुबेदी, नेत्रबहादुर रानाभाट, लीलबहादुर चौधरी, जगबहादुर चौधरी, मञ्जोरबस्तीका बरघर दुर्गाथारु लगाएत अभिभावकहरुको उपस्थिति रहेको थियो बार्षीक उत्सबका अवसरका बिभिन्न खेलकुदमा बिजयीहरुलाइ पुरस्कार बितरण गरीएको थियो


0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News