पौस १५, सत्खोलुवा तालमा डूङ्गा सञ्चालनका आज उद्घाटन

पौस १५
बर्दियाको धधबार गाबिसको खैरेलीमा रहेको सत्खोलुवा तालमा डूङ्गा सञ्चालनका आज उद्घाटन गरिएको छ । सो तालमा डूङ्गाको उद्घाटन संसद संजय कुमार गौतमले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै संसद गौतमले आफनो तर्फबाट एउटा डूङ्गा पनि उपलब्ध गराउने घोषणा गर्नु भयो । यस तालको अबस्था, प्रर्यटन बिकासमा सहयोग पुर्याउने सम्भावना बढी रहेकोले यि कुराहरु मन्त्रि परिषदको बैठकमा समेत पुर्याउने कुरा बताउनु भयो । त्यस्तै कार्यक्रमका अथिति तथा स्थानिय बिकास अधिकारी तेजराज शर्मा, पर्यटन बोड कार्यालय कोहल्पुरका प्रमुख लगायतले आआफनो क्षेत्रबाट तालको बिकास र पर्यटकिय क्षेत्रको बिकासको लागी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सत्खलुवा ताल संरक्षण उपभोक्ता समितिको आयोजनामा भएको डूङ्गा उदघाटन कार्यक्रममा लौव अभियान युवा समुह लगायतको सहजिकरणमा गरिएको हो । उदघाटन कार्यक्रममा २० टिम पिक्निक समुह लगायत हजारौ स्थानिय नागरिकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बिभिन्न किसिमका साँस्कृतिक झाकी पनि देखाईएको कुरा स्थानिय बासुदेब चौधरीले जानकारी गराउनु भयो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News