साझा बुझाईका लागि सामुदायिक पहल कार्यक्रम
साझा बुझाईका लागि सामुदायिक पहल कार्यक्रम अन्र्तरगत मेलमिलाप तथा समुदायिक बिकास मञ्च कालीकाको अयोजनामा अबलोकन भ्रमण कार्यक्रम गरियको छ । ईन्सेक बर्दियाको सहकार्यमा कालीका गाबिसका सरोकारवाला तथा बुद्धिजिबिहरुको सुर्यपटुवाको डल्ला होमस्टेमा अबलोकन भ्रमण कार्यक्रम गरेको हो । कार्यक्रममा ईन्सेक क्षेत्रीय कार्यालयका प्रमुख भोला महत, ईन्सेक केन्द्रीय कार्यालयका काठमान्डौका साझा बुभाईका लागि समुदयिक पहल कार्यक्रमका कार्यक्रम संयोजक सुशिल चौधरी, ईन्सेक एमालेका डिल्लीप्रसाद गौतम, एमाओबादीका बालकृष्ण आर्चय, राप्रपाका शोमनाथ पौडेल, मधेशी जनअधिकार फोरमका गोबिन्द थारु, शिक्षक, बिकास मञ्चका प्रतिनिधि, बुद्धिजीबि पत्रकार लगातएको सहभागिता रहेको छ । भ्रमण कार्यक्रममा कर्णालीको चिसापानी, ठाकुरद्धाराको सग्राहालय, सुर्यपटुवाको डल्ला होमस्ते लगाएत स्थानमा भ्रमण गरेको हो । भ्रमणको माध्यमबाट समुदाय तथा ब्यक्तिहरुमा रहेको बेमेललाई मेलमिलापको बिकास गराउने र सकारात्मक सोचको बिकास गराउने उदेश्यले ईन्सेकले अबलोकन भ्रमणको आयोजना गरेको ईन्सेक बर्दियाका कार्यक्रम संयोजक शोभा चौधरीले जानकारी गराउनु भयो ।



0 comments
Write Down Your Responses