वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणका लागि उच्चस्तरिय समन्वय बैठक बर्दियाको ठाकुरद्धारामा सम्पन्न
माघ १३
बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयको आयोजनामा वन्यजन्तु संरक्षण तथा अपराध नियन्त्रणका लागि उच्चस्तरिय समन्वय बैठक बर्दियाको ठाकुरद्धारामा सम्पन्न भएको छ । वन्यजन्तु संरक्षण र वन्यजन्तु सम्बन्धि अपराध नियन्त्रण लागि समन्वय र सहकार्य गर्ने प्रतिबद्धता लगायत महत्वपू्र्ण निर्णयहरु गर्दे सामन्वय बैठक मंगलबार सम्पन्न भएको हो ।
बैठकमा निकुञ्ज सुरक्षार्थ तैनाथ श्री रणशादुल गणका गणपति प्रमुख सेनानी राजेन्द्र पन्तले निकुञ्जको समग्र सुरक्षा ब्यवस्था, वन्यजन्तु अनुगमन लगायतका बिषयमा, सुदुर पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका नायव प्रहरी महानिरिक्षक माधव प्रसाद नेपालले सुदुर पश्चिमाञ्चल क्षेत्रमा वन्यजन्तु अपराध नियन्त्रणका लागि भएका काम सम्बन्धि बारेको विवरण प्रस्तुत गर्नुभएको थियो।
सोही बैठकमा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोका प्रहरी नायव उपरिक्षक प्रबिण पोखरेलले नेपालमा बाघ चोरीसिकारमा बञ्जरियाको संलग्नता र नेपालमा वन्यजन्तु चोरीसिकार तथा वन्यजन्तुका अङ्गको अबैध ओसारपसारको समग्र अवस्था बारे प्रस्तुतिकरण गर्नुभएको थियो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक फणीन्द्रराज खरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले सहभागिहरुलाई स्वागत सहित कार्यक्रमको उद्देश्य बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोका निर्देशक नायब प्रहरी महानिरिक्षक हेमन्त मल्ल ठकुरी, मध्य पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरिक्षक केशब अधिकारी, सुदुर पश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक माधव प्रसाद नेपाल, नेपाली सेना, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक महासेनानी कृष्ण प्रसाद सापकोटा, डब्लु डब्लु एफ नेपालका निर्देशक शिवराज भट्ट लगायत बर्दिया, बांके, सुर्खेत जिल्लाका प्रहरी उपरिक्षक, कैलाली जिल्लाका नायव प्रहरी उपरिक्षक,शुक्लाफांटा वन्यजन्तु आरक्ष र बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत र गणपतिहरु, बाँकेका जिल्ला वन अधिकृत, बर्दियाका सहायक वन अधिकृत लगायत करिब ७० जनाको सहभागिता रहेको थियो ।
0 comments
Write Down Your Responses