७५ वटै जिल्लामा खटिएका निर्वाचन अधिकृतले काम शुभारम्भ गरिसकेको कंग्रेस निर्वाचन समितिका सदस्य घिमिरेद्धारा जानकारी ।।
माघ १३
नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले ७५वटै जिल्लामा निर्वाचन अधिृकतहरु खटिएर काम शुरु गरिसकेको बताउनु भएको छ । अधिवेशनलाई भव्य र सभ्य रुपमा सफल बनाउने कार्यमा निर्वाचन अधिकृतलाई पुरा सहयोग गर्न कांग्रेसका नेता तथा कार्यकर्ताहरुलाई आग्रह पनि गर्नुभएको छ ।
माघ १५ र १६ गते हुने गाउ तथाँ वडा र २२ गते हुने क्षेत्रीय र २५ गते हुने जिल्ला अधिवेशनका लागि निर्वाचन अधिकृतहरु आ आफनो जिल्ला पुगि काम शुभारम्भ गरिसक्नु भएको छ सदस्य घिमिरेले भन्नुभयो । उंहाले तराईमा आन्दोलनरत मधेशी दल ,थरुहट थारुवान र अन्य समुहले पनि कांग्रेसको अधिवेशनको निर्वाचन कार्यक्रमलाई असर नपुरयाउने विश्वास समेत प्रकट गर्नुभएको छ ।
नवीकरण र नंया गरि हाल नेपाली कांग्रेसमा ४लाख ७०हजार जति कृयाशील सदस्य रहेको सदस्य घिमिरेले बताउनु भयो । फागुन २० देखि २३ सम्म काठमाडौंमा हुने महाधिवशेनका लागि कांग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा गोपालकृष्ण घिमिरे र खम्ब सिंह थाति सदस्य रहेको ३ सदस्यीय केन्द्रिय निर्वाचन समिति गठन गरेको थियो ।
कांग्रेस महाधिवेशनको शुरुवात संगै नेताहरु दौडाहमा व्यस्त छन् भने कार्यकर्ता पनि अधिवेशन तयारीमा जुटेका छन्। महाधिवेशन नजिकिएसँगै जिल्लामा पार्टी्भित्र गुटउपगुटको सक्रियता पनि बढेको छ ।
केन्द्रमा संस्थापन र देउवानिकट मानिने नेताहरू जिल्लामा दुबै पक्षको मत लिएर आफु कसरी चुनाव जित्ने र आफ्नो अस्तित्व जोगाउनु भन्ने उदेश्ययले हिडीरहेका छन्।
0 comments
Write Down Your Responses