यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकालागि छुटै शिर्षकमा बजेट बिनियोजन गर्नु पर्ने तेस्रोलिंगी समुदायको माग

माघ ११
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायकालागि छुटै शिर्षकमा बजेट बिनियोजन गर्नु पर्ने तेस्रोलिंगी समुदायले माग गरेका छन । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायहरुको हक अधिकार उत्थान गर्न तथा लाञ्छना भेदभाव न्युनिकरण गर्नका लागि गाबिस स्तरबाट नै छुटै शिर्षकमा बजेट बिनियोजन गर्नु पर्ने सोमबार बाँसगढीमा भएको ईलाका स्तरिय योजना तर्जुमा गोष्ठीमा माग गरेका हुन ।

 कार्यक्रममा उहाँहरुले कुनै पनि आयमुलक तथा शिपमुलक कार्यक्रममा समेत समाबेश गर्नु पर्नेमा जोड दिएका छन । बर्दिया जिल्लामा सुन्दर संसार संस्थाले गरेको सर्बे तथ्यांक अनुसार महिला तेस्रोलिंगी २ सय ९७ जना, पुरुष तेस्रोलिंगी ३ जना, अन्र्तलिंगी ७ जना गरी जम्मा ३ सय ३ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्ति रहेका छन । 

सर्बे अनुसार बाँसगढी नगरपालीका वडा नम्बर ५ देखि ११ वडा सम्म मात्रै ३९ जना तेश्रोलिंगी र अन्र्तलिंगी व्यक्ति रहेको समाजमा अझै समाजको डरले लुकेर रहेको सुन्दर संस्थाका अध्यक्ष सपना चौधरी(तेश्रोलिंगी)ले­ जानकारी गराउनु भएको छ ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News