खोज्नीबोझ्नी कार्यक्रम सम्पन्न

माघ ११ बाँसगढी नगरपालीकाको ८ र ९ वडामा पर्ने मोतिपुर गाँउमा सोमबार खोज्नीबोझ्नी कार्यक्रम सम्पन्न भएको छ । खोज्निबोझनी कार्यक्रमबाट गाँउको मुख्य बरघरमा भज्जुराम थारुलाई चयन गरिएको छ ।

 त्यस्तै सहायक बरघरमा दुखौ थारु, कोषाध्यक्षमा चुल्हौ थारु, लुहारमा दिलबहादुर बिक, गाँउको चौकीदारमा छेंगुर प्रसाद थारु, सामुदायिक बनको चौकीदारमा बाबुराम लामिछाने र गुर्वामा सेमै थारुलाई चयन गरिएको छ । 

गाँउका मुख्य बरघर गोकुल थारुको अध्यक्षतामा भएको खोज्नीनबोझ्नी कार्यक्रममा मोतिपुरगाँउ बासीहरुको सहभागीता रहेको स्थानीय संजयकुमार थारुले जानकारी गराउनु भयो ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News