साबिक मोतिपुर र डेउडाकला गा बी स को ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी आज बाँसगढीमा सम्पन्न

माघ ११
बर्दियाको ईलाका नम्बर ३ मा पर्ने साबिक मोतिपुर र डेउडाकलाको ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी आज बाँसगढीमा सम्पन्न भएको छ । जिल्ला बिकास समिति अन्तर्गत गाँउ ,नगर परिषद् पछि हुने ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी बाँसगढी नगरपालीकाका कार्यकारी अधिकृत बखतबहादुर खड्काको अध्यक्षतामा भएको थियो । 

गोष्ठीमा बिभिन्न राजनितिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजकहरु, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधीहरु, महिला, शिक्षक, बुद्धिजिबी, समाजसेबी लगायत सर्बसाधरणहरुको उपस्थिति रहेको थियो ।


 गोष्ठिमा मटेरिया राम मन्दिर हुदै शंखरिया, बठुवा, नेवाडा, मदाहा हुदै उतरभकारी सम्म सडक ग्राभेल, बठुवा देखि नेवाडा गोलघर जानेबाटोको बुढी कुलोमा कल्भर्ट निमार्ण, ककौरा ठुलोगाँउ देखि जुरैना जाने चपला नालामा कल्भर्ट, नेवाडा देखि अमैया जाने रेउ खोेलामा झुलेङगे पुल, शिक्षा क्षेत्रमा जनप्रिय माबि दमौलीमा प्रयोगशाला भवन निर्माण गर्ने प्रस्ताव गरिएको छ । 

त्यस्तै गोष्ठीमा बाँसगढीमा खानेपानी बिस्तार, केदारेश्वर धामको पर्खाल निमार्ण गर्ने लगायतका प्रस्ताव गरी जिल्लामा पठाउने निर्णय गरिएको छ ।

0 comments

Write Down Your Responses

-

हामी जोड्छौ सारा नेपालीलाई
Powered by Blogger.

News